Siraha Times
ताजा समाचार

नेशनल ईन्जिनियर्स एसोसिएसन ईन्जिनियरहरुको चुनाबमा होमिए

  • माघ २५, २०७७
  • ७११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान / २५ माघ। चुनावी अभियानमा ईन्जिनियर्स एसोसिएसन नेपालका टिमद्वारा हिजो मोहत्तरीमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम भएका थिए। माघ २० गते सर्लाहीमा भएका थिए भने हिजो महोत्तरीमा कार्यक्रम भएको छ। अग्रज र व्यवसायिक ईन्जिनियर संगठन उपस्थिति साथै एकमात्र नेशनल ईन्जिनियर्स एसोसिएसन नै हो भन्ने विश्वासका साथ उपस्थिति भएका थिए। नयाँ ईन्जिनियर प्रवेश गर्नुहुने सम्पूर्णमा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल तथा ई. तेजनारायण यादव हार्दिक बधाई तथा शुभकामना दिएको छ। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल एकमात्र ईन्जिनियर संगठन हो जो कुनै पार्टीको झण्डा मुनि नरहेर ईन्जिनियरहरुको छाता भनेर चिनिन्छ ।

यस संगठनमा जति अध्यक्षको अधिकार हुन्छ त्यति नै एउटा साधारण सदस्यको अधिकार रहेको छ। ईन्जिनियर हकहित र समाज कल्याणको निमित्त रहनेछ। जो कि ५८ अौं वर्ष ईन्जिनियर एसोसिएसनले मनाउँदा पनि ईन्जिनियरहरुको उहीँ पीडा र गुनासो रहेका छन। लाखौं खर्च गरेर ४ वर्ष लगाएर पढछन तर काम गर्दा १५ हजारमा काम गर्नु बाध्यता बनाउँछ । आज एउटै डिग्री भएका नेपाली ईन्जिनियर २० हजारमा काम गर्छ भने अर्कोतर्फ त्यही डिग्री भएका एउटै कम्पनीमा विदेशी ईन्जिनियर लाखौंको महिना लिन्छ इत्यादि कारणहरु छन। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल गठन हुनुमा कुनै नेताको हुइपमा नपडने नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल प्रदेश २ का अध्यक्ष ई. तेजनारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१