Siraha Times
ताजा समाचार

नेपाल प्रहरी अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

  • माघ २४, २०७७
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, २०७७ माघ २४ गते । प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राङगणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल प्रा.लि. र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले रक्तदान गर्ने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । कोभिड-१९ का कारणले रक्तदानका कार्यक्रम नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएको र यस कार्यक्रमले थोरै भएपनि राहत प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो । नेपालको भविष्य युवाहरूको काधमा रहेको र युवाहरू मानव सेवाका लागि रक्तदान कार्यक्रम मार्फत् सामाजिक कार्यमा सक्रियताका साथ लाग्नु प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निस्कामभाव राखि समाज सेवा गर्ने मान्छेहरू नामको भन्दा कामको पछि लागेर निस्वार्थ समाज सेवामा लाग्ने बताउँदै स्वास्थ्य सेवामा सहकार्यका लागि नेपाल प्रहरी अस्पताल चयन गरेकोमा घुन्सा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुले आफूलाई प्रहरी अधिकारी भन्दा पनि चिकित्सकको रुपमा लिनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘युनिफर्मले कतिपय प्रसंगमा दम्भ सिर्जना गर्छ । तर चिकित्सक पेशाले निस्कामभाव माग्छ । तपाईहरु दुवै चिज एकै साथ गरिराख्नुभएको छ । त्यस कारण तपाईहरुको युनिफर्मको कारण चिकित्सा पेशामा दम्भभाव नआओस्’ । नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवाहरूमा कमि नआउने गरी कार्य गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई उहाँले निर्देशन दिनुभयो ।
अस्पतालका मेडिकल डाईरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १ सय ६ जना पुरुष र २४ जना महिला गरी कुल १ सय ३० जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, इम्पेरिएर बिजनेश कलेजका बिद्यार्थीहरु, सामाजिक अभियान्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा पोषणमैत्री ...

रहमुल, लहान ८ वैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान् ...

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१