Siraha Times
ताजा समाचार

ज्याकलिनले किनिन् प्रियंकाको घर, मुल्य ७ करोड भारु

  • माघ २४, २०७७
  • ६३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाको घर खरिद गरेकी छिन्। निकै महंगो मुल्यमा उनले प्रियंकाको घर किनेकी हुन् । हिन्दुस्तान टाइम्सका अनुसार ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन्। प्रियंका अहिले अमेरिका बस्दै आएकी छन् । विवाह पछि उनी अमेरिका सेटल भएपछि मुम्बईमा भएको घर बेचेकी हुन् ।

उक्त घर ७ करोड भारुमा किनबेच भएको बताइएको छ। हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन्। यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन्। प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१