Siraha Times
ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा सप्तरी जिल्ला भेला सम्पन्न

  • माघ २४, २०७७
  • १४४८ पटक पढिएको
  • रामएकवाल राम
alt

राजविराज माघ २४ ।  सामाजिक अभियन्ता हरु द्वारा सामाजिक सुधार को अभियान अन्तर्गत नेपाल रजक सेवा समाज को संगठन बिस्तार प्रक्रिया प्रदेश नं २ को विभिन्न जिल्ला हरु मा समिती चयन गर्दै शुक्रबार सप्तरी को राजबिराज मा बैठक सम्पन्न भएकोछ। 

समाज को विभिन्न समस्याहरु : सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक बिकृती बिसंगती , अशिक्षा तथा गरिबी न्युनिकरण गर्न देश तथा बिदेश मा रहेका नेपाली रजक जनसमुदाय को युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाज को यहि गत २३ माघ २०७७ शुक्रवार जिल्ला स्तरिय बैठक प्रदेश नं. २ सप्तरी को राजबिराज मा सिराहा, धनुषा, महोतरी लगायत जिल्लाहरु बाट आएका अतिथीहरु को सहभागिता र सप्तरी को विभिन्न क्षेत्र बाट सहभागी बुद्धिजीवी , युवाहरु तथा महिलाहरु को सहभागितामा भेला सम्पन्न भयो।

सप्तरी तथा अन्य जिल्ला बाट सहभागी रजक (धोबी ) जनसमुदाय को बुद्धिजीवी , समाजसेवी तथा युवाहरु को सहमती मा श्री भुवनेश्वर रजक को अध्यक्षतामा सल्लाहकार सहित को नेपाल रजक सेवा समाज जिल्ला तदर्थ समिती सप्तरी सर्वसम्मतिले चयन गरियो। जिल्ला भेला द्वारा पारित नवगठित समिती मा अध्यक्ष- भुवनेश्वर साफी , उपाध्यक्ष- रबिन्द्र रजक , कोषाध्यक्ष – अर्चना रजक, सचिव- रामानन्द रजक, सह सचिव – पण्डु रजक सदस्यहरु : मोहनी साफी , सरिता रजक रति कुमारी साफी , शिव किशुन रजक , रासलाल साफी , जिबछ रजक , रहेकोछ।त्यस्तै वरिष्ट सल्लाहकार तथा सल्लाहकार समेत को समिती चयन गरेका छन। 

समाज को बुद्धिजीवी हरुले सामाजिक विभेद, सामाजिक बिकृती बिसंगती, सामाजिक कुप्रथा, अशिक्षा जस्ता बिषयलाई न्युनिकरण गर्न आ- आफ्नो मन्तव्य राखेका थिए।  नेपाल रजक सेवा समाज देश तथा बिदेश मा समेत क्रियाशिल रहेका छ्न। अन्त्यमा सेवा नै धर्म हो नारा का साथ बैठक सम्पन्न भएका नेपाल रजक संस्थाका माहासचिव नरसिंह रजक जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१