Siraha Times
ताजा समाचार

सिरहाको लहानमा ३ महिने मोबाइल मर्मत तालिम सुरु

घरेलु तथा साना उद्योगले आयोजना गरेको ३ महिने मोबाइल मर्मत तालीम सुरु

  • माघ २३, २०७७
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ माघ - सिरहाको लहानमा ३ महिने मोबाइल तालिम सुरु भएको छ । प्रदेश सरकारको सोरोजगार कार्यक्रम अन्तर घरेलु तथा साना उद्योग कार्यालय लहान द्धारा संचालनमा आएको छ। तालिमको प्रशिक्षक बिष्णु पोखरेल मोबाइल मर्मतको प्रशिक्षक घुरन महतो, मोबाइल र फोन मर्मतको प्रशिक्षकमा जगरनाथ पासमान रहेको छ ।

लहान नगरपालिका र सिरहाको सखुवानानकारकट्टी गाउँ पालिकामा एकै साथ तालिम सुरु भएको हो। कार्यक्रम घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख दिपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने अतिथिहरुमा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपाल को सिरहा सम्बादाता महेश सिंह , हाउस वाईरीग्ङको प्रशिक्षक बिष्णु पोखरेल,मोबाइल तथा फोन मर्मतको प्रशिक्षक जगरनाथ पासमान,घुरन महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे। घरेलुका प्रतिनिधि बैजनाथ झा ले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा करिब ३० जना युवाहरुको सहभागिता रहेको थियोे । कार्यालय प्रमुखका अनुसार हाम्रो नेपाल सुखी नेपाल र सुखी नेपालीको अभिभारा बोकेका नेपाली जनता कसरी खुशी र सुखी हुन्छ भन्दै अ - आफनो ठाँउ बाट सहयोग गर्न इच्छा जाहेर गरेका थिए।

कार्यालय प्रमुख दिपेन्द्र यादव का अनुसार बेरोजगार युवाहरू कसरी रोजगार पाउछन युवालाई लछित गरी उक्त कार्यक्रम संचालन गरेका हुन्। देशमा बेरोजगारी समस्या नियुनिकरण गर्न प्रदेश नम्बर २ का सरकारले घरेलु तथा साना उद्योग मार्फत लघु उधम बिकासका सिप  मुलक तालिमका आयोजना गरेका हुन् । जब सम्म देशमा युवा बेरोजगार रहन्छ तब सबसम्म हाम्रो देश हाम्रो लहान समृद्ध हुन् कठीन हुन्छ। घरेलु कार्यालयले प्रमाणपत्र मात्रै होईन शिप मुखि नाउछौँ प्रमुख यादवले बताए ।

तालीम सहजकर्ता घुरन महतो को अनुसार यो तालीम लिएर सरकारी सेवामा पनि जान सक्नु हुन्छ र न सोचेको जस्तो आम्दानीको भागीदार हामी नै छौँ ब्यापार भने धेरै ठुलो आर्थिकको सहारा हो बताउनु भयो । साथै केहि दिन अगाडी डल र कुशल तालीम समेत संचालन गरेका छ्न ।

बेरोजगार महिलाहरु लाई रोजगार मुखि बनाउने उदेश्यले सहज र सुलभ तरिकाले घरमै बसेर सहज काम गर्न सकने भएको ले यो डल र कुशल को माग बजारमा अत्याधिक रहेकोले २० दिने तालिको आयोजना गरेको हो उक्त तालिममा १५ जना महिलाहरुले तालीम लिई रहेको प्रशिक्षक श्रेस्मा बिश्वक्रमाले जानकारी दिनु भयो ।यो तालीममा सभागि मंन्जु चौधरी र मान्ति चौधरीले भने तालीम लिएर हामी राम्रो पैसा कामाउन सक्छु बिश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१