ताजा समाचार

सडक निर्माणलाई लिएर झिटकोहियामा दुई पक्षबिच विवाद

  • माघ १९, २०७७
  • १४०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको औरही गाउंपालिका वडा नं. १ झिटकोहियामा सडक निर्माणको विषयलाई लिएर विवाद भएको छ । डिहिवार स्थानदेखि कोनहर नदीसम्म नयां निर्माण हुन लागेको कृषि सडकलाई लिएर आईतवार दुई पक्षबिच विवाद भएको हो । स्थानीय रहमद राईन , अहमद राई , ईबराहिन राईन , सदाम राईन सहितका व्यतिmहरुले सडक कटान गर्न थालेपछि सोही स्थानका युवा जगरनाथ यादवले त्यसो नगर्न आग्रह गरेका थिए । पछि गाउंका स्थानीय , भद्रभलादमी , बुद्धिजीविहरुले सम्झाउन खोज्दा सडक कटान नरोकिने बताउंदै गाली गलोज गर्दै कोदालोसहित आक्रमण गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि विकासे मुद्दालाई राजनीतिक मुद्दा बनाई एक अर्कामाथि आरोप लगाई फसाउने काम समेत बढेको स्थानीयहरुले जनाएको छ । स्थानीयहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसंग मांग गरेको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤