Siraha Times
ताजा समाचार

कतारमा श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न

  • माघ १९, २०७७
  • ८४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा- कतार सरकारले हालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे एनआरएनए कतार र कतार सरकारले संयुक्त सचेतनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए। कार्यक्रममा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ, नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाललगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको अध्यक्ष मुसलमानले बताए ।

केही समयअघि कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्‍याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो नयाँ पारिश्रमिक आगामी मार्च महिना देखि लागू हुने बताईएको छ । यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएको छ । कतारमा ३ लाख ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१