Siraha Times
ताजा समाचार

नेपाली दूतावास कतारमा थन्किए ७८६ जना नेपालीको राहदानी

  • माघ १७, २०७७
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा– कतारस्थित नेपाली दूतावासले ७८६ जना नेपालीको राहदानी दूतावासमै थन्किएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएकाहरुको मेसिन रिडेबल पासपोर्ट (राहदानी) तयार भए पनि हालसम्म लिन नआएको जनाएको हो । दूतावासले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई राहदानीहरु बुझ्न आउन अनुरोध गरेको छ ।

दूतावासले सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र पूरानो राहदानी, रसिद वा आफ्नो परिचय खुल्ने कागजात सहित दूतावासमा सम्पर्क गर्न अनुरोध हो। तोकिएको समयभित्र राहदानी लिन नआएमा राहदानी विभाग, काठमाडौंमै पठाइने दूतावासले जनाएको छ । यसैबीच मलेसियास्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै १ हजार ९७४ जनाको राहदानी थन्किएको जनाएको छ ।

सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका १ हजार ९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र लिइसक्नु पर्ने दूतावासले जनाएको छ । साथै, नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफूसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी दूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउनका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१