Siraha Times
ताजा समाचार

‘द ह्वाइट टाइगर’ नेटफिलक्स नम्बर एकमा परेपछि प्रियंका दंग

  • माघ १५, २०७७
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित ‘द ह्वाइट टाइगर’ नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय फिल्म बनेको छ । नेटफ्लिक्सको आफ्नै फिल्म ‘द ह्वाइट टाइगर’ जनवरी २२ मा सार्वजनिक भएको हो। संसारभर नेटफ्लिक्समा सबैभन्दा रुचाइएको फिल्म बनेसँगै कार्यकारी निर्मातासमेत रहेकी प्रियंकाले इन्स्टाग्राम स्टोरीमार्फत् खुसी साटेकी छन्। हिन्दुस्तान टाइम्सका अनुसार, मंगलबार प्रियंकाले इन्स्टाग्राम स्टोरीमा नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय चलचित्रहरूको सूचीको ‘स्क्रिनसट’ पोस्ट गरेकी हुन्। यसमा ‘द ह्वाइट टाइगर’ले पहिलो स्थान ओगटेको छ ।

दोस्रोमा ‘आउटसाइड द वायर’ परेको छ भने तेस्रो स्थानमा प्रियंकाको अर्को हलिउड फिल्म ‘वी क्यान बी हिरोज’ परेको छ । ‘ह्यासट्याग द ह्वाइट टाइगर विश्वभरको नेटफ्लिक्समा नम्बर १ चलचित्र भएको देख्दा उत्साहित छु! समर्थनका लागि सबैमा धेरै–धेरै धन्यवाद ! फिल्म हेर्न‘स् र तपाईंलाई लागेको कुरा मलाई भन्नूस्,’ प्रियंकाले पोस्टमा लेखेकी छन्। रमिन बहरानीको निर्देशनमा तयार भएको यो फिल्मबाट आदर्श गौरवले डेब्यू गरेका छन् । फिल्ममा उनीसँगै राजकुमार राव सहायक भूमिकामा देखिएका छन्। फिल्मको पटकथा लेखक अरविन्द अडिगा लिखित ‘म्यान बुकर प्राइज’ बाट पुरस्कृत ‘द ह्वाइट टाइगर’ उपन्यासमा आधारित छ ।

अरविन्द अडिगाको उपन्यास ‘द ह्वाइट टाइगर’ भारतको सामाजिक, आर्थिक एवम् राजनीतिक संक्रमण कालको कथामा आधारित छ । सो किताब पहिलो पटक सन् २००८ मा सार्वजनिक भएको थियो। अभिनेत्री प्रियंका हाल रुसो ब्रदर्सको फिल्म ‘सिटाडेल’मा व्यस्त छिन्। फिल्ममा उनीसँगै रिचर्ड म्याडेन मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१