ताजा समाचार

‘द ह्वाइट टाइगर’ नेटफिलक्स नम्बर एकमा परेपछि प्रियंका दंग

  • माघ १५, २०७७
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित ‘द ह्वाइट टाइगर’ नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय फिल्म बनेको छ । नेटफ्लिक्सको आफ्नै फिल्म ‘द ह्वाइट टाइगर’ जनवरी २२ मा सार्वजनिक भएको हो। संसारभर नेटफ्लिक्समा सबैभन्दा रुचाइएको फिल्म बनेसँगै कार्यकारी निर्मातासमेत रहेकी प्रियंकाले इन्स्टाग्राम स्टोरीमार्फत् खुसी साटेकी छन्। हिन्दुस्तान टाइम्सका अनुसार, मंगलबार प्रियंकाले इन्स्टाग्राम स्टोरीमा नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय चलचित्रहरूको सूचीको ‘स्क्रिनसट’ पोस्ट गरेकी हुन्। यसमा ‘द ह्वाइट टाइगर’ले पहिलो स्थान ओगटेको छ ।

दोस्रोमा ‘आउटसाइड द वायर’ परेको छ भने तेस्रो स्थानमा प्रियंकाको अर्को हलिउड फिल्म ‘वी क्यान बी हिरोज’ परेको छ । ‘ह्यासट्याग द ह्वाइट टाइगर विश्वभरको नेटफ्लिक्समा नम्बर १ चलचित्र भएको देख्दा उत्साहित छु! समर्थनका लागि सबैमा धेरै–धेरै धन्यवाद ! फिल्म हेर्न‘स् र तपाईंलाई लागेको कुरा मलाई भन्नूस्,’ प्रियंकाले पोस्टमा लेखेकी छन्। रमिन बहरानीको निर्देशनमा तयार भएको यो फिल्मबाट आदर्श गौरवले डेब्यू गरेका छन् । फिल्ममा उनीसँगै राजकुमार राव सहायक भूमिकामा देखिएका छन्। फिल्मको पटकथा लेखक अरविन्द अडिगा लिखित ‘म्यान बुकर प्राइज’ बाट पुरस्कृत ‘द ह्वाइट टाइगर’ उपन्यासमा आधारित छ ।

अरविन्द अडिगाको उपन्यास ‘द ह्वाइट टाइगर’ भारतको सामाजिक, आर्थिक एवम् राजनीतिक संक्रमण कालको कथामा आधारित छ । सो किताब पहिलो पटक सन् २००८ मा सार्वजनिक भएको थियो। अभिनेत्री प्रियंका हाल रुसो ब्रदर्सको फिल्म ‘सिटाडेल’मा व्यस्त छिन्। फिल्ममा उनीसँगै रिचर्ड म्याडेन मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤