ताजा समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • माघ १५, २०७७
  • ७०१ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी : सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बिहीबार बिहान साढे ७ बजे हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेज नहरको बाटोमा बिग्रिएर रोकिराखेको रोलरमा मोटरसाइकल ठोक्किएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको स ३ प ३०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोलरमा ठोक्किएको हो।दुर्घटनापछि तिलाठी कोइलाडी गाउँपालिका-३ सखरपुराका ३० वर्षीय शिवकुमार मुखिया, २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंङ घाइते भएका थिए।

घाइते भएपछि उपचारको लागि उनीहरूलाई विराटनगर गोल्डेन अस्पतालमा लगिएको थियो।उपचारको क्रममा चालक शिवकुमार मुखियाको साढे ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए । डिएसपी साहका अनुसार सो मोटरसाइकलमा तीन जना सवार थिए। उनको शव पोष्टमार्टमको लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤