Siraha Times
ताजा समाचार

सिरहामा भारी मात्रामा अबैध गाँजा सहित तीन जना पकाउ

  • माघ १३, २०७७
  • १०४५ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान माघ १३ गते। सिरहामा भारी मात्रामा अबैध गाँजा सहित तिन जनालाई प्रहरीले पक्रउ गरेको छ । सिरहाको मिर्चैया नपा–९ बाट प्रहरी ले करिब २५ किलोअबैध गाँजा सहित मिर्चैया–८ का १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ का ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो ।

गोप्य सूचना को आधार मा मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले लुकाइछिपाई राखिएको २५ किलो गाँजासहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले बताएका छन। सोही क्रममा प्रहरीले स६प ३८६५ नंको डिस्कोभर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खानतलासी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१