ताजा समाचार

शीतलहरले जनजीवन प्रभावित

  • माघ १३, २०७७
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान माघ १३ गते।सिरहा लगायत तराई मधेशका अन्य जिल्लामा अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर र बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसोका कारण यहाँका जनजीवन निकै प्रभावित भएको हो । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो हावा चल्न थालेकाले बजार क्षेत्रमा यातायातका साधन अघिपछि भन्दा निकै कम चलेका छन् । यहाँ का शिक्षण संस्थाहरुमा समेत बिद्यार्थीहरुको न्युन उपस्थिति देखिएको छ।मौसम नखुलेको कारण यहाँका बजार क्षेत्रमा समेत मान्छेहरुको कम चहलपहल देखिन्छ ।  

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढन सक्ने स्वास्थ्यकर्मी बताउछ्न। चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकहरु बताउछन् । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुरयाएको स्थानीय कृषक दिपनारायण साह ले बताए ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤