Siraha Times
ताजा समाचार

डा.लव कुमार साहको प्रयासमा जोगियो फोक्सोको विकास नै नभएको बच्चाको ज्यान

  • माघ ११, २०७७
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो ।उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै प्रियंकालाई दुखाई शुरु भयो । दुखाई सँगसँगै सालनाल पनि निस्केर रक्तश्राव हुन थालेपछि गत पुस २६ गते उनलाई काव्य अस्पताल ल्याइयो । अस्पताल ल्याइएपछि तत्कालै शल्यकृया गरी शिशु निकालियो । निकालिएका शिशु (छोरा) को स्वास्थ्य अवस्था भने खतरापूणर् थियो । साँस लिनै नसक्ने अवस्थामा रहेका बालक बाँच्छ कि बाँच्दैन भन्ने अवस्था देखियो । समय नपुगेर जन्मिएका ती बच्चालाई साँस लिन कठिनाई भइरहेका बेला उनको ज्यान चिकित्सकको सहयोगमा जोगिएको छ । ३४ हप्तामै जन्मिएका बालकको फोक्सोको समेत विकास नभएको अवस्थामा साँस फेर्न गाह्रो थियो । ती बच्चालाइ भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको थियो । तर, बाल रोग विशेषज्ञ डा. लव कुमार साहले शुरुदेखि नै उपचार गरेर बच्चाको ज्यान जोगाएका छन् । ‘महिना नपुगेर जन्मिँदा साँस लिन समस्या हुन्छ । त्यत्तिबेला फोक्सोको विकास भएको हुँदैन’ डा. साह भन्छन्, “त्यस बेला उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखियो । तर न्यूनतम प्रयासमै बच्चा सामान्य अवस्थामा आएका छन् ।” डा. साहका अनुसार काठमाडौंबाट कृत्रिम साँस लिने सरफेक्टेन्ट मगाएर लगाएपछि न्यूनतम अक्सिजन र न्यूनतम मेसिनमै बच्चा सामान्य अवस्थामा आएका छन् । जन्मिएका बच्चाको तौल पनि २ किलो ३ सय ग्राम मात्रै थियो । जबकी जन्मिएको शिशुको तौल कम्तीमा अढाई किलोमाथि हुनुपर्दछ । तर, उपचार गर्दा तौल पनि सुधार भएको डा. साहले बताए । साहका अनुसार सामान्य अवस्थामा आइसकेको बच्चालाई शनिबार डिस्जार्च गर्ने तयारी भएको छ । खतरापूणर् अवस्था रहेको शिशुको ज्यान जोगाएकोमा शिशुका पिता विकास भारद्धाजले डा. साहलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१