लागुऔषध कारोबारमा संलग्न भारतीय महिला सहित चार पक्राउ

  • माघ ११, २०७७
  • १३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ११ माघ। मोरङको विराटनगर १५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागु औंषध सहित एक भारतीय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ कि ४० वर्षिय लक्ष्मी देवी साह रहेकी छिन। उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो , प्रक्सिभोम ७२० ब्यालेट र फेनेरागन ६० एम्पुल सहित पक्राउ परेकी थिइन । यसैगरी झापाको दमक ८ स्थित सुतेमारी रोडबाट दुई जना लागु औंषध खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ परेका थिए।

पक्राउ पर्नेमा मोरङ रतुवामाई २ का २१ वर्षिय कनैया गनगाई र रतुवामाई ८ का २० वर्षिय राज कुमार गनगाई रहेका थिए। शुक्रबार विशेष सुराकका आघारमा ई. प्र. का. दमकबाट खटिएका प्रहरी टोलीले को. २१ प १०३ नम्बरको मोटरसाइकलमा सवार गरी आएका उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रण पश्चयात उनीहरूमाथि चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन , ब्राउनसुगर फेला पारी बरामद गरेका थिए। साथै निजहरूको साथवाट नगद ४ हजार ७ सय समेत बरामद गरिएका थिए। त्यस्तै झापाको मेचीनगर ६ स्थित मेची पुलबाट मोरङ उर्लाबारी २ का ३१ वर्षिय सुजन परियार लागु औंषध सहित पक्राउ परेका थिए। उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल , फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔंषध सहित पक्राउ परेका थिए। यसरी लागु औंषध सहित पक्राउ परेका चारैजना उपर अनुसन्धान तथा कानुनी कारवाही भइरहेको ई. प्र. का. दमकले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

लहानमा लागूऔषधसहित द ...

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कार ...

औरहीमा पाँच दिने नेत ...

लाल बिहारी यादव लहान २० । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिही ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१