Siraha Times
ताजा समाचार

सिरहामा दलित युवालाई राहत सामाग्री वितरण

  • माघ १०, २०७७
  • १०८६ पटक पढिएको
  • संजय महरा
alt

सिरहा/ १० माघ, सिरहा जिल्लाकाे गाेलबजार नगरपालिका वडा नम्बर ५ का ढाेढाई महराकाे छाेरा वर्ष २५ का रामउदगार महरालाई गाउँ मा बिवादहुदा ३ महिना अगाडि टाउकाको भित्री भागफुटेकाे थियाे । दलित युवा रामउदगार महराको अार्थिक स्थिति एकदमै नाजुक अवस्थामा रहेकाेले उपचार र दैनिकछाक टार्ने समस्या रहेकाे छ । रामउदगार महराको अहिलेसम्म १४ लाख भन्दा माथि खर्च भईसकेकाे छ । दलित युवा अहिलेसम्म अाेछयानमै बस्ने गरेकाे छ हिडडूल गर्न सकेका छैनन् । दलित युवाकाे समस्या देखेर सहयाेगिहाथहरूले सहयाेग गर्नुपर्ने देखिन्छ । रामउदगार महरालाई दहेज मुत्त मिथिला युवा समाज सेवा संस्था, नेपालका अध्यक्ष माे. बसिर राईनले उसकाे घरमा पुगेर २१००/- नगद र खाध्न्न १ क्विन्टल ५० किलो चामल, स्वाईविन ३ किलो, १०किलो अालु , १० किलाे दाल, १० किलो प्याज, ५ किलो नून प्रदान गर्नुभएको छ ।सहयाेगि संस्थाका सविला देवि दास,सनेचरि देवि दास, बविता देवि यादब, सुरेश मण्डल र धानाे देवि महराकाे समेत सामाग्री वितरणमा सहभागी रहेकाे थियाे । मिथिला युवा समाज सेवा संस्था नेपालका अध्यक्ष माे. बसिर राईनले हामीहरू देश विदेशमा रहेकाे साथिहरूले परिश्रमबाट कमाएकाे रूपैया जम्मा गरेर अति विपन्न समुदायलाई सहयाेग गर्ने हाम्रो उद्वेश्यअनुरूप दलित युवा रामउदगार महरालाई सहयाेग गरेकाे बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

खाली गरियो थापाथलीको ...

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वज ...

लहान अस्पतालमा क्यान ...

सिरहाटाइम्स लहान बैशाख १२ । सिरहाको जिल्लाको लहानमा रहेको राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पताल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१