ताजा समाचार

सिरहाको २ स्थानीय तहमा सुरक्षा गाडको एक महिने तालीम सुरु

सिरहाको स्थानमा एक महिने सुरक्षा गाडको तालीम सुरु

  • माघ ९, २०७७
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ माघ - सिरहाको दुई स्थानीय तहमा महिलाहरुको लक्षित गरी सुरक्षा गार्ड सम्बन्धि एक महिने तालीम सरु भएको छ। सिरहाको लहान नगर पालिका ८ र गोलबजार नगरपालिका १३ दुर्गापुरमा तालीम सुरु भएको छ। प्रदेश नम्बर २ को सामाजिक बिकास मन्त्रालय अन्तरगत ब्यवसाय तथा सिप बिकस तालीम केन्द्र द्धारा संचालित भएका छन् ।

२०७२/०७३ सालमा स्थापना भई दुधकोशी टेक्निकल एन्ड कन्सलटेन्सी प्रा.ली. धरान सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । उक्त संस्थाले सिरहाको लहान र गोलबजार , दुर्गापुर र सप्तरीको कन्चनरुप नगपालिका १२ रुपनगरमा कार्यक्रम संचालनमा रहेको संस्थाको प्रतिनिधि जेट बहादुर रायले जानकारी दिनु भयो । लहान ८ स्थिति सुरु भएको तालिमको अध्यक्षता संस्थाको प्रतिनिधि जेट बहादुर रायले गर्नु भएको थियो भने लहान ८ का वडा अध्यक्ष बिजय महतो ले प्रमुख अतिथिको आसन बाट बोल्दै तालिम लिएर वडाको मुहार फेर्छ भने हामीलाई बिश्वास छ भने बताउनु भयो । यो तालिम लिएर मलाई बिश्वास छ कि तपाईंहरुले तालिमको उपलब्धी तिरको गरी खाने भाडाे बनाउनु हुन्छ भने बताउनु भयो । विशिष्ट अतिथिमा जनता समाज बादी पार्टी नेपाल की प्रदेश नम्बर २ को केन्द्रिय कमिटी सदस्य नेतृ ललिता दास बिद्रोही रहनु भएको थियो ।

अर्को विशिष्ट अतिथिमा पत्रकार बिरेन्द्र बिरु यादव,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह तालीमको सहजकर्ता प्रशिक्षक तथा जनता समाज बादी पार्टी नेपालको प्रदेश नम्बर २ को खेलकुद संयोजक राजेश गुप्ता रहनु भएको थियोे । अतिथिमा लहान ८ का वडा सदस्य सुरेश कुमार साह रहनु भएको थियोे । तालीम लिदा आत्म बल समेत बढन सक्ने ।

खेलकुद महांसघ प्रदेश नम्बर २ को संयोजक राजेश गुप्ता ले प्ररिक्षाथिलाई संदेश दिएका थिए। बेरोजगार महिलाहरु लाई र शरीरीक रूपले तन्दुरुस्त रहन आफु स्वंम जिम्मेवार र आर्थिक उन्ति गर्ने उदेश्यले जसपा का प्रदेश २का प्रदेश कमिटी सदस्य नेतृ ललिता दास बिद्रोही को विशेष पहलमा सिरहाको लहान र गोलबजारको दुर्गापुरमा संचालनमा आएको छ् ।

त्यसै गरी सिरहाको गोलबजार नगर पालिका वडा नम्बर १३ दुर्गापुरमा एक महिने तालिम सुरु भएको छ । कार्यक्रमको सभा अध्यक्ष संस्थाको प्रतिनिधि जेट बहादुर रायको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार १३ का वडा अध्यक्ष लक्ष्मी नारायण सिंह का अनुसार यस्ता सिप र तालिमहरुको खाचो अझै पनि हाम्रो समाजमा रहेको घुघटा प्रथामा हाम्रो नेपाली ग्रामीण भेगका महिलाहरु अल्झिएका छन् बताउनु भयो ।

विशिष्ट अतिथिमा जसपाका प्रदेश कमिटी सदस्य ललिता दास बिद्रोही का अनुसार हामी समाजको घुघटा प्रथा लाई उन्मुलन गरि समाजको प्रगतिको बाटोमा लगनु पर्छ बताउनु पर्छ बताए । सहिदा खतुन,बिना कुमारी शर्मा ,पत्रकार महेश सिंह, बिरेन्द्र यादव बिरु अतिथिहरुमा वडा सदस्य मणिकान्त सिंह ,बिशिस्ट अतिथिको आसन बाट बोल्दै सहिदा खतुनले महिला भन्दा कष्ट कसैलाई छैन र महिला आफ्नो सुरक्षा पाईरहेकोअबस्था नरहेको खतुनले बताए ।

बिना शर्मा ले भने महिलाले आफु माथी भएको घटना लुकाउने प्रयास न गर्नुस त्यसले गर्दा झन् महिला माथी समस्या जटिल बन्दै गरेको बताए । बिशिस्ट अतिथि दासले महिलाहरुलाई सचेत गर्दै संगित सुनाएका थिए ।

बिशिस्ट अतिथि राधा देबि महतो आफ्नो मनतब्य राखेका थिए।राम औंतार पासमान दलितको प्रदेश अध्यक्ष समेत को उपस्थिति रहेको उक्त तालीमको प्रशिक्षक समेत रहनु भएको हो।स्थानीय समाज सेबि अतिथि दुखर्न महतोका अनुसार महिलाहरुको उनति प्रगतिको लागी घुघटा प्रथा घातक हो बताए। लहान २०र दुर्गापुर २० गरी ४० जान महिलाहरु तालीममा सहभागी रहेको आयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤