सिराहामा हात्ती आतंक,गाउँलेहरुमा त्रास

  • माघ ९, २०७७
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो सिराहा माघ ९ गते। सिराहाको कर्जन्हा नगरपालिका-२ मा ३दिन देखि जंगली हात्तीले आतंक मचाएको छ । कर्जन्हा नगरपालिका -२ बन्दिपुरमा जंगली हात्तीले स्थानीय २वटा घरहरू भत्काएपछि त्यहाका वासिन्दा आतंकित भएका हुन्। जंगली हात्तिले स्थानीय सुर्दशन काफ्ले , पुलामी कार्की को घर भत्काएको स्थानीय युवा नेता प्रकाश कोइराला ले बताए ।

स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको स्थानीय ले बताए । पछिल्लो ३ दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए । सिराहाको धनगढी नगरपालिका , गोलबजार न- पा- र कर्जन्हा न- पा- का नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बढेको छ। कर्जन्हा नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१