Siraha Times
ताजा समाचार

भारतबाट कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै

  • माघ ८, २०७७
  • १२४१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : छिमेकी देश भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ ।अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप १० देखि १५ दिनमा लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयल स्रोतले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

खाली गरियो थापाथलीको ...

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वज ...

लहान अस्पतालमा क्यान ...

सिरहाटाइम्स लहान बैशाख १२ । सिरहाको जिल्लाको लहानमा रहेको राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पताल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१