अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको अभियोगमा ३ जना शिक्षक पक्राउ

  • माघ ७, २०७७
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कास्की, ७ माघ । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका-१ बाघबजार बस्ने उक्त बिद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका-४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका-११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका-२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् ।
उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पत्रकारको नाममा भइरह ...

ओम प्रकाश यादव लहान, जेठ ४ ।  नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकारको नाममा बढ्दै ...

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१