Siraha Times
ताजा समाचार

कर्जन्हामा कोभिड अस्पतालको उदघाटन

  • माघ ६, २०७७
  • ९३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ६, माघ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर - ९ मा आज कोभिड १९ अस्थायी अस्पतालको उदघाटन भएको छ । कर्जन्हामा अवस्थित शस्त्र प्रहरी पोष्टको कार्यालयमा पाँच वेडको उक्त अस्पतालको विधिवत रुपमा मंगलवार स्थापना गरिएको छ । जिल्ला समन्वय समिति सिरहाका सभापती रामचन्द्र ठाकुरको प्रमुख आतिथ्य र नगर प्रमुख गङ्गा पासवानको अध्यक्षतामा सो अस्पतालको उदघाटन भएको गरिएको नगरपालिकाले जनाएको छ ।

No description available.

आगामी दिनमा अस्पतालको सेवा विस्तार गर्न जिल्ला समन्वय समिति सिरहाबाट गरिने सहयोगबाट आफू पछि नहट्ने प्रमुख अतिथी ठाकुरले प्रतिबद्धता गरे । उनले भने - मानव सेवाको भावनाले स्वास्थकर्मीले सेवाग्राहीको मन जित्ने गरि काम गरेको खण्डमा स्वास्थय संस्था प्रती आम जनसमुदायको सदैव साकारात्मक विश्वास रहने भन्दै कोभिड अस्पतालको स्थापनाले कर्जन्हाबासीको लागि खुसीको खवर भएको उहाँले बताए ।

No description available.

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , प्रहरी कार्यालयका डिएसपी राजेन्द्र श्रेष्ठ लगायत नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी , स्वास्थ्यकर्मी, नगरवासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१