गैरअवासिय नेपाली संघ कतारद्वारा एक हप्ते नि:शुल्क स्वास्थ परिक्षण गर्दै

  • माघ ५, २०७७
  • १२१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम -दोहा (कतार)गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारद्वारा एकहप्ते निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ । कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद कतार द्वारा यहि आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रा मा २२ जनवरी २०२१, शुक्रबारको लागि दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे सम्म र २३ जनवरी देखि २८ जनवरी २०२१ सम्मको लागि बिहान ८:०० बजे देखि बेलुकी ९:०० सम्म संचालन गरिने पनि संघ कतारका महासचिव पदम गिरीले बताए । साथै परिक्षण कार्यक्रममा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुन पनि सबैमा अध्यक्ष मुसलमानले अनुरोध समेत गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१