Siraha Times
ताजा समाचार

गैरअवासिय नेपाली संघ कतारद्वारा एक हप्ते नि:शुल्क स्वास्थ परिक्षण गर्दै

  • माघ ५, २०७७
  • १३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम -दोहा (कतार)गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारद्वारा एकहप्ते निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ । कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद कतार द्वारा यहि आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रा मा २२ जनवरी २०२१, शुक्रबारको लागि दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे सम्म र २३ जनवरी देखि २८ जनवरी २०२१ सम्मको लागि बिहान ८:०० बजे देखि बेलुकी ९:०० सम्म संचालन गरिने पनि संघ कतारका महासचिव पदम गिरीले बताए । साथै परिक्षण कार्यक्रममा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुन पनि सबैमा अध्यक्ष मुसलमानले अनुरोध समेत गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१