Siraha Times
ताजा समाचार

जोगवनी भन्सार नाकाबाट अवैध चोरी छलीका मालसामान बरामद

  • माघ ४, २०७७
  • १५२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ४ माघ। जिल्ला प्रहरी कार्यालय मोरङको विराटनगर महानगरपालिका बाट माघ २ गते करिब १:०० बजे खटिएका प्रहरी विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित महेन्द्र चौक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा चोरी छली पैठारी गरी बेबारिसे अवस्थामा छाडिएको अन्दाजी ४२ हजार वरावरको विभिन्न लत्ताकपडा तथा विभिन्न मोटरसाइकलमा प्रयोग हुने समान फेला बरामद गरी आवश्यक कार्वाहीको लागि मुल भन्सार रानी विराटनगरमा बुझाएका छन। received_701562983891879 बरामद सामानहरु लेडिज टप कुर्ती ५५ पिस , मोजा ४९ जोर , लेडिज कुर्ती सुरुवाल सेट ३२ पिस , भेस्ट ६ पिस , जामा २ पिसठुलो , प्लास्टिक झोला ४ बोरा १०० पिस , साथै माघ ३ गते ७:१५ वजे मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित जतुरा नजिक भारतको जोगवनीवाट नेपाल तर्फ अवैध रुपमा भन्सार चोरीछली पैठारी गरी विभिन्न किसिमका खाद्यान्न सामाग्री वेवारिसे अवस्थामा छाडिएको करिब १९ हजार भन्दाबढीको मालसामान जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएका प्रहरी टोली वेवारिसे अवस्थामा फेला गरी आवश्यक कार्वाहीका लागि मुल भन्सार कनर कार्यालय रानी विराटनगरमा बुझाएका छन पापड ११ प्याकेट , पानी पुरी ६ के.जी. , रसगुल्ला ११ वट्टा , ह्याप्पी डेन्ट चकलेट ३ प्याकेट , ४ वट्टा विभिन्न ब्राण्डका मसाला १३ पिस ३ के.जी. , काजु २ के. जी. , भुजिया ११ प्याकेट ५ के. जी. जेल पेन २ वट्टा रिफिल , लोटस ५ वटा , सरफ ५ के. जी. , रेडबुल २० पिस , चिनी ४० के. जी. , विभिन्न व्राण्डका चकलेट ३ प्याकेट , किसमिस ३ के. जी. , चामल बोरा २ , सुर्ती २ बोरा ३६ प्याकेट लगायतका मालसामान वरामद गरी मुल भन्सार विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१