Siraha Times
ताजा समाचार

नेपाली काङ्ग्रेस बाघ हो नजिस्क्याउनु,नत्र खाईदिन्छ,सभापति यादव

  • माघ ३, २०७७
  • १५४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर-पतारी , ३ माघ। आज सप्तरीको बलान बिहुल गाउँपालिकामा नेपाली काङ्ग्रेसको असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन भएको छ। प्रदर्शनीमा बलान बिहुल गाउँपालिका नगर संयोजक राज कुमार यादव , प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व सांसद सुरेन्द्र यादव , विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति जितेन्द्र प्रसाद यादव , नेपाली काङ्ग्रेस अप्रत्यासी प्रदेश सांसद विवेका नन्द झा , नेपाली काङ्ग्रेसका वडा सभापति धर्मेन्द्र यादव , तथा गाउँपालिकाका जनताहरु उपस्थितिमा विरोध प्रदर्शन भएको छ।

आजको बिरोध सभामा नेपाली काङ्ग्रेसका विशिष्ट अतिथि समेत रहनु भएका क्षेत्रिय सभापति जितेन्द्र प्रसाद यादवले भने अहिलेको कम्युनिस्ट सरकार नेपाली काङ्ग्रेसलाई जिस्क्याई रहेको छ , नेपाली काङ्ग्रेस बाघ हो , बाघलाई नजिस्क्याउनु , नत्र सबैलाई खाईदिन्छ। अहिले नेपाली काङ्ग्रेस निदाएको छ, त्यसैले सावधान रहनु र कम्युनिस्टवाद नहुनु क्षेत्रिय सभापति जितेन्द्र यादवले भनेका छन प्रवक्ताहरु नन्द प्रसाद साह , राज कुमार साह , जिवछ साह , सि. एन. यादव र प्रदिप झा लगायतका व्यक्ति ले मन्तव्य राखेका थिए।

बलान बिहुल गाउँपालिका वडा नम्बर ३ मौवाहा चौकमा विरोध सभा प्रदर्शन तथा कोण सभामा परिणत भएका थिए। हाम्रो सामुदायिक रेडियो सौगात एफएम ८८.१ मेघाहर्ज , नवसंग्राम दैनिक , हर्षित नेपाल सप्ताहिक , सहकर्मी मित्र रासिन्द्र यादवले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१