Siraha Times
ताजा समाचार

नेपाली जनसम्पर्क समिति कतारद्वारा रक्तदान कार्यक्रम सफलता पुर्वक सप्पन्न

  • माघ ३, २०७७
  • ९२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम ,दोहा (कतार) नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा आठौं चोटि रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन। ४५ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समितिले शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेका छन।हमद हस्पिटल ब्लड डोनेट सेन्टरमा भएको सो कार्यक्रममा कतारमा रहेका ६८ जना नेपालीहरुले रक्तदान गरेका थिए। ८८ जनाले नाम दर्ता गराएतापनी ६८ जनाले मात्रै मापदण्डअनुसार रक्तदान गरेको जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार विमल सुवेदीले जानकारी दिए। कार्यक्रममा संस्थाका संस्थापक सभापति एव नेपाली काङ्ग्रेस जनसम्पर्क समिति केन्द्रिय विभागका सदस्य नरेन्द्र भाट संस्थापक कोषाध्यक्ष भुपती भट्टराई संस्थापक सल्लाहकार क्रान्ति सिंह संस्थाका क. वा. सभापति शंकर न्यौपानेर महाधिवेशन प्रतिनिधिहरु कतारमा स्थापित वैचारिक समाजिक व्यवसायीक सामुदायिक साहित्यक लगायत विभिन्न संघ संस्थाका उल्लेखनीय उपस्थित रहेको थियो। साथै हमद ब्लड सेन्टरले जनसम्पर्क समितिलाई अवार्ड समेर प्रदान गरेको प्रमुख सल्लाहकार सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१