Siraha Times
ताजा समाचार

भाडामा लिएबापतको रकम नबुझाएका कारण पीआईए एयरलाइन्स मलेसिया गर्यो कब्जा

  • माघ ३, २०७७
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ ३ मलेसियाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई कब्जा गरेको छ | मलेसियाको अदालतको आदेशअनुसार क्वालालम्पुर विमानस्थलमा उक्त विमान  कब्जामा लिइएको अधिकारीहरुले बताएका छन् | पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् | पीआईएले सन् २०१५ मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो |

पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई मलेसिया प्रशासनले कब्जामा लिएको जनाइएको छ | विमान क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि तयारी अवस्थामा रहेपनि  मलेसिया प्रशासनले उक्त विमानलाई उडान अनुमति नदिएको हो | विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बसेका छन् | कोरोना मापदण्ड अनुसार ति सदस्यहरुले पनि क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ | पीआईएले मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको आधारमा यो कारवाही गरिएको बताएको छ | पीआईएले पाकिस्तान सरकारलाई यसबारे जानकारी गराइएको र कुटनीतिक स्तरमा कुरा उठाउन भनिएको बताएको छ |एजेन्सी

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१