ताजा समाचार

बलानबिहुल मेयर कप क्रिकेटमा बोदेबरसाईन विजयी

  • माघ २, २०७७
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ०२ माघ । सप्तरीको बलान बिहुल गाउँपालिकामा भएको प्रथम मेयर कप क्रिकेटमा बोदेबरसाईन बिजयी भएको छ । माघ १ गते भएको फाईनल खेलमा बैरिया टिमलाई ३९ रनले हराउँदै बोदेबरसाईन टिम बिजयी भएको आयोजकले जनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बोदेबरसाईन टिमले १० बिकेटको क्षतिमा ८८ रन बनाएको थियो । ८९ रनको बिजय लक्ष्य लिएर मैदानमा उत्रेका बैरिया टिम १० बिकेटको क्षतिमा ४६ रन मात्र बनाउन सकेको आयोजकले बताए ।

गापा अध्यक्ष दयानन्द गोईतले बिजेता बोदेबरसाईन टिमलाई मेडल ट्रफी सहित नगद रु. १५ हजार प्रदान गरेको थिए । त्यस्तै, उपबिजेता बैरिया टिमलाई मेडल ट्रफी सहित नगद रु. १० हजार प्रदान गरिएको आयोजकले जनाएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिभारा, आत्मनिर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ सुरु भएको बलान बिहुल प्रिमियर लिग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता माघ १ गते सम्पन्न भएको बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव (शंकर) ले बताए ।

गापा प्रमुख दयानन्द गोइतको प्रमुख आतिथ्यमा भएको फाईनल खेलमा बेल्ही युथ क्लबका सल्लाहकार कैलाश महरान, ई. पंकज यादव, विशेश्वर यादब स्मृति प्रतिष्ठानका सचिव दिगम्बर यादव, कार्यपालिका सदस्य हरि राम ,जसपा युवा नेता रामकृष्ण शाह, शिवनारायण यादव, विजय पासवान, अधिवक्ता जयकृष्ण गोइत लगायतका उल्लेखनीय उपस्तिथि रहेको थियो । बलान बिहुल गापा ४ स्थित बेल्हीको बलान स्टेडियममा भएको खेलमा जम्मा १६ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤