बाँतर सरदार द्वारा आयोजित चौथों माघे संक्रान्ति मेला,ओलि सरकारले गरे लोकतन्त्रको हत्या 'मन्त्री साह

  • माघ २, २०७७
  • १२१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २ माघ। सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ४ कविलाशामा बाँतर सरदार द्वारा आयोजित चौंथो माघी संक्रांति मेला बिहीबार माघ १ गते सम्पन्न भएको छ। उक्त मेलाको समुदघाटन प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका थिए। राजेश सरदार अध्यक्षता तथा श्याम सरदार उक्त कार्यक्रम संचालकको रुपमा रहेका थियोे । विशिष्ट अतिथि ज. स. पा. केन्द्रीय सदस्य राजकुमार यादव , कंचनरुप नगरपालिका प्रमुख बसंत कुमार मिश्र , अग्निसरकृष्ण सवरन गाउँपालिका अध्यक्ष प्रशुराम चौधरी , ज. स. पा. जिल्ला सदस्य रामेश्वर यादव , नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति ललन प्रसाद गुप्ता , ज. स. पा. नगर संयोजक सुदम्बर यादव , ज. स. पा. नगर सचिव चित्ररंजन यादव लगायतका व्यक्तिहरुको उपस्थितिमा माघे संक्रांति मेला भएका थिए।

श्री श्री १०८ श्री बाँतर सरदार कुल देवता गेड सिंह बाबा मंदिर मेला समिति द्वारा आयोजना भएका थिए। सामाजिक विकास मन्त्री नवल किशोर साह आफना मन्तव्यका क्रममा भने मधेस साँस्कृतिको जननी भएको वताउनु भएको छ। मेला उदघाटन गर्नुहुदै मन्त्री साह भने पुरातनकाल देखि नै मधेशी समुदायले मनाउँदै आईरहेको पर्व त्योहार नै सवभन्दा पुरानो भएको मन्त्री साहले भेनेका छन। यसको संरक्षणमा प्रदेश २ सरकार लागि परेको बताउनु भएको छ। अन्तमा साहले भने प्रतिनिधि सभा विघटन गरेर अोली सरकार लोकतन्त्रको हत्या गरेकोले यस विरुद्धमा माघ ७ गते राजविराजमा हुन लागेको बृहत सहभागितामा सहभागीको लागि हार्दिक अनुरोध समेत गरेका थिए। साथै अनत्यमा २०७७ सालको माघे संक्रांतिको अवसरमा सुख , शान्ति , दिर्घायु , सुस्वासथ्य , धनधनन्य तथा उतोरोतर प्रगतिको शुभकामना दिएको माघे संक्रांति मेलाका कार्यक्रम सञ्चालक श्याम सरदारले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१