Siraha Times
ताजा समाचार

बाँतर सरदार द्वारा आयोजित चौथों माघे संक्रान्ति मेला,ओलि सरकारले गरे लोकतन्त्रको हत्या 'मन्त्री साह

  • माघ २, २०७७
  • १३४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २ माघ। सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ४ कविलाशामा बाँतर सरदार द्वारा आयोजित चौंथो माघी संक्रांति मेला बिहीबार माघ १ गते सम्पन्न भएको छ। उक्त मेलाको समुदघाटन प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका थिए। राजेश सरदार अध्यक्षता तथा श्याम सरदार उक्त कार्यक्रम संचालकको रुपमा रहेका थियोे । विशिष्ट अतिथि ज. स. पा. केन्द्रीय सदस्य राजकुमार यादव , कंचनरुप नगरपालिका प्रमुख बसंत कुमार मिश्र , अग्निसरकृष्ण सवरन गाउँपालिका अध्यक्ष प्रशुराम चौधरी , ज. स. पा. जिल्ला सदस्य रामेश्वर यादव , नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति ललन प्रसाद गुप्ता , ज. स. पा. नगर संयोजक सुदम्बर यादव , ज. स. पा. नगर सचिव चित्ररंजन यादव लगायतका व्यक्तिहरुको उपस्थितिमा माघे संक्रांति मेला भएका थिए।

श्री श्री १०८ श्री बाँतर सरदार कुल देवता गेड सिंह बाबा मंदिर मेला समिति द्वारा आयोजना भएका थिए। सामाजिक विकास मन्त्री नवल किशोर साह आफना मन्तव्यका क्रममा भने मधेस साँस्कृतिको जननी भएको वताउनु भएको छ। मेला उदघाटन गर्नुहुदै मन्त्री साह भने पुरातनकाल देखि नै मधेशी समुदायले मनाउँदै आईरहेको पर्व त्योहार नै सवभन्दा पुरानो भएको मन्त्री साहले भेनेका छन। यसको संरक्षणमा प्रदेश २ सरकार लागि परेको बताउनु भएको छ। अन्तमा साहले भने प्रतिनिधि सभा विघटन गरेर अोली सरकार लोकतन्त्रको हत्या गरेकोले यस विरुद्धमा माघ ७ गते राजविराजमा हुन लागेको बृहत सहभागितामा सहभागीको लागि हार्दिक अनुरोध समेत गरेका थिए। साथै अनत्यमा २०७७ सालको माघे संक्रांतिको अवसरमा सुख , शान्ति , दिर्घायु , सुस्वासथ्य , धनधनन्य तथा उतोरोतर प्रगतिको शुभकामना दिएको माघे संक्रांति मेलाका कार्यक्रम सञ्चालक श्याम सरदारले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१