Siraha Times
ताजा समाचार

रास्कोट अस्पतालको लागि जापानबाट नारायण बोहोराले पठाएका सहयोग स्वरुर ५११११ रबि र दिपक लाई हस्तान्तरण

  • माघ १, २०७७
  • ७१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सीधा कुरा जनतासंगको कार्यकक्षमा पस्दा यस्तो लाग्यो कि म कुनै टेलिभिजनका संचारकर्मीहरुबीच नभएर कुनै न्यायिक निकायको परिसर भित्र छु!” रबिदाई मेरो दलालले पैसा खाईदियो , मलाई न्याय चाहियो , रबिदाई मेरो जग्गा मिचेर छिमेकीले नै मलाई उल्टै ज्यादती गर्यो , मलाई न्याय चाहियो, रबिदाई मलाई बिदेश लगिदिन्छु भनेर दलालले पैसा लुट्यो , अहिले माग्दा उल्टै धम्की दिन्छ ,मलाइ न्याय चाहियो, रबिदाई मेरो आफन्तलाइ काम लगाईदिन्छु भनि बिदेशमा लगेर एउटा पापीले अलपत्र पार्यो मलाइ न्याय चाहियो.।!” 

यस्तै यस्तै सैयौ न्याय खोज्ने आवाजहरुको भीडमा मैले रबिदाई र दिपक दाईलाई ब्यस्त अवस्थामा भेटें! रबिदाइ समस्या सुनिरहनु भएको थियो भने दिपक दाई समस्यालाइ कागजमा टिपीरहनु भएको थियो! वहॅाहरुले समस्या कति समाधान गर्न सक्नु हुन्छ , कति न्याय दिन सक्नु हुन्छ , त्यो मलाई थाहा छैन ! तर यति जरुर थाहा छ कि यो देशका पीडित जनताहरुको अन्तिम आशा र अन्तिम भरोसा भने रबिदाइ दिपकदाई जरुर हो ! कार्यक्रम सीधा कुरा जनतासंगले एउटा टेलिभिजन कार्यक्रमको रुपमा मात्र सीमित नरहेर यो एउटा न्यायिक युद्दको सिपाही बनेर धेरैलाइ बचायो धेरै मानिसहरुको मन जित्यो , धेरैलाइ न्याय दियो, अलपत्र परेका हरुको उद्दार गर्यो , लुटेको पैसा उठायो , छुटेका आफन्त भेटायो ! बस्ती बसायो , अस्पताल बनायो !भ्रस्टहरुको अगाडि शिर ठाडो पारेर गलत कुराको निर्धक्क भण्डाफोर गर्यो र गलत बिरुद्द हर कोहिले बोल्नुपर्छ भनेर युवाहरुलाइ प्रेरित गर्यो! रबिदाइ दिपक दाइहरुले यो यात्राको क्रममा कैयौ बाधाहरु भोग्नु भो , षड्यन्त्रको शिकार बन्नु भो , धेरैको आखाको तारो बन्नु भो , रास्ट्रघातीहरुको टार्गेटमा पर्नु भो ! तरपनि जुन उदेश्य बोकेर हिड्नु भएको थियो वहाहरु, त्यो उदेश्यमा पुग्न सारा बाधा र अड्चनहरुको परवाह नगरी अगाडि बढ्नु भो र यहासम्मको यात्रामा आईपुग्नु भएको छ !

Image may contain: 2 people, people standing, text that says '美 सिधा जना चासो, गुनासो विशेष का ተቅቤ how with'

टेलिभिजनबाट कराएर देश बन्दैन भन्दै उफ्रनेहरुले आफैले जिताएर पठाएका भ्रस्टहरुलाई प्रस्न गर्न सक्ने ल्याकत राख्छन् कि राख्दैनन् जस्ले देश बनाउछु भनेर भोट लिएर सत्तामा पुगेर देशलाई बर्बादीको भिरबाट खसाएका छन् ! तसर्थ कस्ले कहा बसेर कति देश बनायो, त्यस्को हिसाब समयले गर्ला नै गर्ला तर यो कुरा सत्य हो कि यो देशका प्रधानमन्त्रीको नाम थाहा नहुने बिकट ठाउका बुढाबुढी आमाबुबा हरुलाई पनि रबि लामिछानेको नाम थाहा छ ! आगामी दिनहरुमा पनि यसरी नै निरन्तर अघि बढिरहनु, जनताको मनमा बसिरहनु अनि अझ राम्रो र पृथक कार्यक्रम लिएर जनतामाझ छाईरहनु ! हाम्रो साथ , सपोर्ट र हौसला हिजोभन्दा आज र आजभन्दा भोलि अझ कडा रुपमा रहिरहने छ दाईहरुलाई !

Image may contain: 3 people, people standing

नोट: रास्कोट अस्पतालको लागि जापानबाट आदरणीय नारायण बोहोरा क्षत्री दाईले पठाउनु भएको ५१ हजार १ सय ११ रुपैया पनि आजै रबिदाई र दिपक दाईलाई हस्तान्तरण गरेकी छु ! सहयोगी मनका धनी नारायण दाईलाई पनि धेरै धेरै धन्यबाद !

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१