Siraha Times
ताजा समाचार

सिराहाको लहानमा जनमत पार्टी द्वारा माघ ५ गते बलिदानी दिवस मनाउँदै

  • माघ १, २०७७
  • ११८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको लहानमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ । मधेस आन्दोलनका क्रममा ०६३ माघ ५ गते लहानमा रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा लहानमै १४ औं बलिदानी दिवस मनाउने तयारीमा जनमत पार्टीका नेता कार्यकर्ता जुटेका छन् ।अहिले हामी सभा को पूर्ण व्यवस्थापन र प्रचार प्रसारमा लागेका छौ।हाम्रा पार्टीका स्थानिय नेता तथा कार्यकर्ताहरु दिन रात गरि मधेशमा सहिदहरूको योगदान‌ र जनमत पार्टीको योजना बारे टोल टोल मा घर दैलो कार्यक्रम लाई निरन्तरता दिदै आएको जनमत पार्टी अन्तराष्ट्रिय समन्वय समिति(बिदेश बिभाग) सदस्य नेता निर्मल मण्डल ले जानकारी दिनुभयो‌। यसअघि मधेसवादी दलले सरकारमा रहँदा सहिद महतोलाई सम्झिने गरेको थियो । तर पछिल्लो समय उपेन्द्र यादवको नेतृत्वको पार्टीले समेत लहानमा बलिदानी दिवस मनाउन छाडेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१