Siraha Times
ताजा समाचार

लक्ष्मिपुर पत्तारी गाउँपालिकामा कोरोना अस्पताल र स्वास्थ्य चैकीको एकै साथ उदघाटन

  • पुस २९, २०७७
  • १२६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २९, पौष । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर -१ मा आज पाँच वेडको अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चैकिको एकैसाथ संयुक्त रुपमा उदघाटन भएको छ । वडा नम्बर - १ का वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्यमा बिधिवत रुपमा आज अस्पतालको उदघाटन भएको हो । रामपुर बजारमा अवस्थित नवनिर्मित भवनलाई गाउँपालिकाले आजदेखी बिधिवत रुपमा सुचारु गरेको थियो ।

कार्यक्रमको उदघाटन समाहरोहमा बोल्दै जसपाका केन्द्रिय सदस्य राजु गुप्ताले कोरोना अस्थायी अस्पताल र स्वास्थय चौकी भवनको संयुक्त रुपमा एकैसाथ उदघाटनले यस भेगका स्थानीय जनताका लागि गाउँपालिकाले महत्वपूर्ण काम गरेको बताए । जग्गादाताले करोडौंको जग्गादान गरेर सराहनिय र महत्वपूर्ण काम गरेको उनले थपे । जग्गादाता साहले नेपाल सरकारबाट आब २०७६ / ०७७ मा पिप्रा प्रध स्वास्थ्यचौकी लाई १५ बेडको प्राथमिक अस्पतालको लागि सुचिकृत गरेको थियो । सो अस्पताल निर्माण गर्न १४ बर्ष अगाडी स्थानीय विन्देश्वर साह हलुवाईले ७ कठ्ठा जग्गा दान गरेको थियो ।

जग्गादाता साह र गाउँपालिकाको अस्पताल बनाउने सपना रहेपनी अस्पतालका लागि थप साढे सात कठ्ठा जग्गा चाहिएको हुँदा अस्पताल बन्न नसकेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए । दर्ता गर्दा उक्त भवन स्वास्थ्य चैकीको नामबाट दर्ता भएको छ साथै जग्गा अपुग भएकोले अस्पताल बन्न नसकेको अध्यक्ष साहले भने । एक पालिकामा एक अस्पताल बनाउने सरकारको लक्ष्य छ ,गाउँपालिकाबाट कर्मचारी ब्यबस्थापन गर्न हामी लागि परेका छौ , उनले थपे सरकारको मापदण्डमा परेको खण्डमा सो भवन स्वास्थ्य चैकीबाट अस्पताल बनाउन गाउँपालिकाले कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष सहले बताए । जग्गादान गरेर स्थानीय विन्देश्वर साहले प्रसंशनिय काम गरेको छ, उहाँलाई पुस्तै पुस्ताले सम्झिरहने छ र पालिकाले पनि सदैव सम्मान गर्ने अध्यक्ष साहको भनाई रहेको थियो ।

 

वडा नम्बर - ६ का वडा अध्यक्ष राजेश्वर साह सुडि , २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवार , ५ का वडा अध्यक्ष देवकुमार यादव , नेकपाका नेता बिरेन्द्रकुमार साह , समाजसेवी अशोक मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकासंले अस्पतालका लागि चिया बेचेरै करोडौको जग्गादान गर्ने विन्देश्वर साह हलुवाईको प्रसंशा र सम्मान गरेका थिए । स्वास्थ्य संस्था जिवनदान दिने संस्था हो भन्दै वक्ताहरुले जग्गादान गरेर उहाँले समाजमा महत्त्वपूर्ण एतिहासिक कार्य गरेको बताएका थिए । यता जग्गा दाता साहको उक्त कार्यक्रममा उपस्तिथिती थिएन । उहाँ संग पत्रकारको एक टोलिले तपाईको उपस्थिति उदघाटन कार्यक्रममा किन भएन ? सोधपुछ गर्न जादा जग्गादाता साहले भने मेरो सपना अस्पताल बनाउनु हो , मैले नेपाल सरकार संग १५ वेडको अस्पताल बनाउनका लागि सुचिकृत पनि गरेको छु तर राजनीतिक खिचातानी र विवादले स्थानीयतहले स्वास्थचैकि र कोरोना अस्पतालमा परिणत गरेपछी म उक्त कार्यक्रममा सहभागी नभएको उनले बताए । उदघाटन कार्यक्रममा हेलो मिथिला संस्कृतिक समूह जनकपुरधामका कलाकारको एक टिमले मैथिली कला, संस्कृती भल्किने खालका प्रतिभा प्रस्तुत गरेका थिए । गायक एवम व्यवस्थापक नवीन कुमार मिश्र , पुनम शर्मा लगायतका टोलिहरुले मनोरञ्जन दिएका थिए ।कार्यक्रमको सिअहेव ( अधिकृत ) अनिल कुमार साहले उदघोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१