ताजा समाचार

अवैध कुखुराको मासु सशस्त्रद्वारा नष्ट

  • पुस २९, २०७७
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम  पुस २९ गते । भारतबाट अवैध रूपमा ल्याउँदै गरको बोइलर कुखुराको मासु जफत गरी सशस्त्र प्रहरीले नष्ट गरको छ । बिहान जलेश्वर नगरपालिका ५ स्थित चौरीयामा मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी बोर्डर नेपाल बिओपी मठिहानीका सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा खटिएको टोलीले १०० केजी कुखुराको मासु बरामद गरको थियो। वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरको हो।

सशस्त्र प्रहरीले कुखुराको मासु र भारतीय वि आर ०६ क्यिू ४८२९ नम्वरको मोटरसाइल वेवारिसे अवस्थामा फेला पारे पनि कुखुराको मासु ल्याउने व्यक्ति प्रहरीलाई देख्न साथ फरार भएको कारण नियन्त्रणमा लिन सकेन । सीमा नाकामा कोविड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको नेपाल बिओपी मठिहानीका सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमले जानकारी दिए ।

बरामद गरिएको कुखुराको मासु स्थानीय वुद्धिजीवी,नागरिक समाज, पत्रकारलगायतको रोहवरमा सुरक्षित स्थानमा खाडल खनेर नष्ट गरिएको उनले बताए । यद्यपि सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम नरोकिएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤