Siraha Times
ताजा समाचार

कतारमा काम गरेका १४ नेपालीको ४४ लाख रूपैयाँ स्वदेश फर्केपछि भुक्तानी

  • पुस २९, २०७७
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा- कतारको दुई कम्पनीबाट १४ जना नेपाली श्रमिकले पाउनुपर्ने बाँकी तलव उठाएर नेपाल पठाइएको छ । विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाखभन्दा बढी रकम नेपाल पठाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । १२ जना अल बन्दारी ईञ्जिनियरिङ कम्पनीमा काम गरेकाहरु तथा अन्य दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेका नेपालीहरूको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ । उनीहरुले तलव सुविधा लगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार ६९ कतारी रियाल कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको दूतावासले जनाएको छ ।

रकम कन्सुलर सेवा विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट सजिलै प्राप्त गर्न सकिने दूतावासले जनाएको छ । अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेर नेपाल फर्किएकाहरुमा प्यूठानका रमला बुढामगर, बाँकेका रियाज अहमद खान र ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू, संखुवासभाका रोशन थापाको रकम नेपाल पठाइएको छ । यस्तै सल्यानका रेवन्त विक र हेमराज रोक्का, खोटाङका राजु तामाङ, तनहुँका गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुधन यादव तथा अशोक कुमार मण्डल र रूकुमका नैनवीर विकेले पारिश्रमिक बापत पाउनुपर्ने रकम स्वदेश पठाइएको दूतावासले जनाएको छ ।यसैगरी अल डल्ला क्लीयरिङमा काम गरेका दोलखाकी फूलमाया तामाङ र भोजपुरका सञ्जय सुतार कार्कीको रकम पनि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१