Siraha Times
ताजा समाचार

नेपाली कङ्रेसका महिला नेर्ती अन्जु झाले छोराको जन्म दिनमा गरिब जनतालाई न्यानो कपडा बाडे

  • पुस २८, २०७७
  • १६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२७ पुस, रौतहट । नेपाली कांग्रेसका प्रभावशाली एंव समाज सेवी महिला नेत्री श्रीमती अंजु झा को कान्छो सुपुत्रको जन्म दिनको शुभ अवसरमा ईशनाथ नगरपालिका वासीलाई न्यानो राहत वितरण गरिएको थियो । ईशनाथ नगरपालिका वार्ड नं.९ डुमरिया र गौरमा कम्बल र तोसक न्यानो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो । गौरको ठुलो बजारको प्राथमिक विधयालयमा आयोजित वितरण कार्यक्रममा ईशनाथ न.पा कै ६५ जना गरिब र बिपन परिवारलाई १ थान कम्बल र १ थान डस्ना बितरण गरिएको थियो । त्यसै गरि ईशनाथमा भएको कार्यक्रममा ४२ जना गरिब र बिपन परिवारलाई न्यानो कम्बल र तोसक वितरण गरिएको थियो । गौरको वितरण कार्यक्रम त्यसपछि आजै ईशनाथ नगरपालिका ९ डुमरियामा समेत वितरण कार्यक्रम आयोजित गरिएको थियो । श्रीमती अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजसेवी कार्यकम्र गर्दै आएका हुन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ अंजु झा भन्नु भो । अंजु झाको सुपुत्र मिसल झाको जन्मदिनको अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१