छुवाछुत तथा बालविवाह रोकथामका लागि प्रहरीको तीन महिने अभियान

  • पुस २८, २०७७
  • ६४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बुटवल । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ ।अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने छ ।

अभियान आउँदो चैत महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ वटा प्रहरी कार्यालयबाट सञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । जातीय छुवाछुत र बालविवाहका घटना भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । ‘जातीय छुवाछुत र बालविवाह न्यूनीकरणका विषयमा शून्य सहनशिलता कायम गर्न अभियान सञ्चालन गरिएको हो’–प्रवक्ता बैदवारले भने ।

यसैगरी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध पनि विशेष अभियान सञ्चालन गरेको छ । फागुनसम्म चल्ने अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्ने र यौनजन्य दुर्व्यवहार न्यूनिकरण गर्ने अपेक्षा गरिएको प्रवक्ता बैदवारले बताए । अभियान अन्तर्गत प्रदेश, जिल्ला र इलाका गरी १२० वटा प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटाका दरले ७ सय २० वटा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।यो समाचार न्यूज़ २०२० बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१