Siraha Times
ताजा समाचार

छुवाछुत तथा बालविवाह रोकथामका लागि प्रहरीको तीन महिने अभियान

  • पुस २८, २०७७
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बुटवल । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ ।अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने छ ।

अभियान आउँदो चैत महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ वटा प्रहरी कार्यालयबाट सञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । जातीय छुवाछुत र बालविवाहका घटना भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । ‘जातीय छुवाछुत र बालविवाह न्यूनीकरणका विषयमा शून्य सहनशिलता कायम गर्न अभियान सञ्चालन गरिएको हो’–प्रवक्ता बैदवारले भने ।

यसैगरी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध पनि विशेष अभियान सञ्चालन गरेको छ । फागुनसम्म चल्ने अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्ने र यौनजन्य दुर्व्यवहार न्यूनिकरण गर्ने अपेक्षा गरिएको प्रवक्ता बैदवारले बताए । अभियान अन्तर्गत प्रदेश, जिल्ला र इलाका गरी १२० वटा प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटाका दरले ७ सय २० वटा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।यो समाचार न्यूज़ २०२० बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१