मेयर कप क्रिकेट प्रतियोगिता

  • पुस २७, २०७७
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २७ पुस । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद नारासहित आज धनगढीमाई नगरपालिकाले प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता शुरु गरेको छ । निर्मल लामा कभर्ड हलको प्रांगणमा बाइटिंग गरी खेलको उद्घाटन गर्नुहुँदै नगर प्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभित्रका युवाहरुलाई दुव्र्यसनीबाट बचाउन र खेल क्षेत्रको विकासको लागि धनगढीमाई नगरपालिकाले क्रिकेट कपको आयोजना गरिएको बताउनुभयो ।

स्वस्थ्यकर तरिकाले सबै खेलाडीहरुलाई खेल खेल्न अनुरोध गर्नुहुँदै नगरप्रमुख चौधरीले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न नगरपालिकाले निकट दिनमै फुटवल, भलिवल, ब्याडमिन्टन, कराँते लगायतका विभिन्न विद्याका खेल प्रतियोगिता शुरु गरिने वताउनुभयो । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुले टिम कप्तान खेलाडीहरुलाई जर्सि लगायत आवश्यक खेल सामाग्री प्रदान गरिएको थियो । १४ वटा वडा रहेको नगरक्षेभित्रका १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको समापन खेल ३ गते माघमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१