Siraha Times
ताजा समाचार

स्रोत नखुलेको ३१ लाख भन्दा बढी रकम सहित पक्राउ

  • पुस २६, २०७७
  • ६७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान पुस २६ गते।प्रहरीले सिरहा न.पा.-२१ लकडिगोठ सिरहा बाट स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा न.पा.-२२ हक्पारा बस्ने बर्ष ३९ को शिवनाथ यादव रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।सिरहा स्थित प्र.चौ.लकडिगोठ सिरहाबाट खटीएको प्रहरी चेकीङ्ग टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट कपडाको झोलामा श्रोत नखुलेको अबैध रुपमा बोकी ल्याएको उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई नगद रुपैया सहित आवश्यक कार्वाहीको लागि सम्पती सुद्धीकरण बिभाग हरिहर भवन ललितपुर, काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१