Siraha Times
ताजा समाचार

चौधरीद्वयको पुनः एक समाजिक कार्य मल्लिक बालकलाई कक्षा दश सम्म निशुल्क पढाईदिने घोषणा

  • पुस २४, २०७७
  • १४५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४ , पौस । सिरहाको लहान नगरपालिका वडा नम्बर –४ बस्ने अभा मल्लिकको छोरा कृष्ण मल्लिक लाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्य जोडिद्वयले कक्षा दश सम्म निःशुल्क पढाईदिने घोषणा गरेको छ । करिव चार बर्षिय बालक कृष्णा मल्लिकको स्कुल खर्च , किताव, कपी , कपडा स्कुल फि लगायत सम्पुर्ण खर्चको जिम्मा नेपाली काङ्ग्रेसका युवा नेता समेत रहनुभएका चौधरीले लिएको हो । पौस १० गते उनको वुवा दिपेन्द्र मल्लिक जण्डिसका कारण अल्प–आयुमै स्वर्गवास हुनुभएको थियो । भुमिहिन , बिपन्न परिवार रहेकी उनकी आमा आभा मल्लिक दैनिक ज्यालादारीको रुपमा अरुको घरमा सरसफाई गरी जिविकोपार्जन गर्दै आईरहेकी छिन् । आर्थिक अवस्था आसाध्यै कमजोर रहेको मल्लिक परिवारको तिन छोरी र एक छोरा छन् । कृष्णा सबै भन्दा कान्छो छोरा हो ।received_237713661126016 छोरालाई कक्षा १० सम्म पढाउने जिम्मा लिएपछी आफु आसाध्यै खुसी भएको कृष्ण कि आमा आभा मल्लिकले बताईन् । बिहिवार चौधरीद्धयले स्व. दिपेन्द्र मल्लीकको (सराध) भोज समेत गरिदिएको छ । मृत्युभोजको बहिस्कार गर्दै आईरहेको चौधरीले मल्लिक जातीले भोज दिनैपर्छ भनेर उनको परिवारमा दवाब आएको खवरपाएपछी करिब दुई सय जनाको खाना पुग्नेगरी भोज कार्यक्रमको आयोजना गरिदिएको मल्लिकका परिवारिकले बताए । चौधरीद्धयले आमा र छोराछोरीका लागी कपडा पनि दान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१