सीता विहारी कुण्डका जग्गा बेच्दै महन्थ

  • पुस २४, २०७७
  • ५६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । पुस २३ गते । उपमहानगरपालिका ८ विहार कुण्डस्थित सीता विहारी कुण्डका महन्थ रामसेवक दासले मन्दिरको जग्गा विक्री वितरण गर्ने प्रयास गरका छन् । महन्थ दासले अनाधिकृत रुपमा जग्गा माफियासंग मिलेर मन्दिरको जग्गा ९९ वर्ष भोग चलन गर्न पाउने भन्दै पैसा लिएर विक्री गर्न लागेका हुन् । मन्दिरका पूजारी सियाराम दासको अनुसार वडा नम्बर १३ कबर्डहल नजिकको सिट नम्बर १३१४–०५ कित्ता नम्बर २३ को १२ कठ्ठा १३ धुर र सिट नम्बर १२७४–२५ कित्ता नम्बर १७ को पाँच कठ्ठा १४ धुर तीन कनमा जग्गा बेच्न स्थानीय दिनेश साहसंग बैनासमेत गरिसकेका छन्।

भगवानको मन्दिरको नाममा रहेको जग्गा पछिल्लो समय व्यक्तिगत नाममा ल्याएर महन्थ दासले धमाधम विक्री गरिरहेको उनको आरोप छ । मन्दिर प्राङ्नमै रहेको करिव अढाई कठ्ठा जग्गासमेत उनले एक महिलाको नाम उपभोग गर्न पाउने भन्दै कागज गरिदिएका छन्। मन्दिरको प्राङ्गनमा रहेको घरमा भाँडा लिएर बस्दै आएकी रानीबत्ती ठाकुरको नाममा सय वर्ष भोगचलन गर्न पाउने भन्दै कागजात बनाएको उनको भनाइ छ । ‘पहिला ठाकुरले दश वर्षको लागि घरसहित करिव साढे तीन कठ्ठा जग्गा लिजमा लिएकी थिइन् ,’उनले भने, ‘त्यसको दश वर्ष नबित्दै फेरि सय वर्ष भोगचलन गर्न पाउने भन्दै कागज ‘तमसुक’ गरदिएका छन्।’ रामबत्तीले मन्दिरसंग ०७० सालमा दश वर्षको लागि लिजमा लिएकी थिइन्। तर, दश वर्ष नपुग्दै महन्थ दासले आफूलाई सेवा गरेकोे भन्दै ०७६ बैशाख १ गते सय वर्ष भोगचलन गर्न पाउने कागजात गरेको पाइएको छ । पूजारी सियारामले मन्दिरको जग्गा नबेच्न विभिन्न निकाय धाएर रोक्ने प्रयास गरेकोे भन्दै आवश्यक कागजात अधारमा रोक्का गर्न नसकेको उनले सुनाए ।

मन्दिरको जग्गा सुरुमा महन्थ दासले संतोष मिश्रालाई वारिसनामा दिएर विक्री वितरण गने गरेका थिए । तर, पछिल्लो समय सरकारले मन्दिरको जग्गा विक्री वितरणमा रोक लगाएपछि मिश्राको वारिसनामा खारेज भएको थियो। महन्थ दाससंग दोहोरो नागरिकतासमेत रहेको पाइएको छ । महन्थ दाससंग भारतीय र नेपाली दुबै नागरिकतासमेत रहेको पाइएको हो। महन्थ दासको भारतमा शिवराम कुमार र नेपालमा रामसेवक दास नामले नागरिकता रहेको छ । भारतीय अधार कार्ड उनले रामसेवक दासकै नामले बनाएका छन् भने अर्को अधार कार्ड शिवराम कुमारका नामले बनाएका हुन्। सबै कार्डमा तस्बीर महन्थ दासकै रहेको टुडे एक्सप्रेसमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस

पत्रकारको नाममा भइरह ...

ओम प्रकाश यादव लहान, जेठ ४ ।  नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकारको नाममा बढ्दै ...

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१