Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा मृगौला पीडित सुरेश महरालाई आर्थिक सहयोग

  • पुस २२, २०७७
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  महोत्तरी पुष २२ । बैदेशिक रोजगारीमा गएका महरा समुदायका युवाहरूद्वारा कतारबाट सुरु गरेका रविदास समाज सेवा कतारद्वारा एक पीडितलाई आर्थिक सहयोग गरेका छन। महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वाडा-९ स्थित घर भएका दुबै मृगौलाको समस्या भएको सुरेश महरालाई उपचारमा थप सहयोगको लागि आज एक कार्यक्रम गरि रु५० हजार ५०० सय आर्थिक सहयोग गरेका छन। रविदास समाज सेवा कतारको पहलमा रु.३१००० स्थानीय रामनारायण ठाकुरले रु. १५००० सोनि महरा रु.१००० मन्जु महरा रु.१००० विरेन्द्र महरा रु. १००० सत्य नारायण महरा रु. १००० र गिता देवि महरा रु.५०० कादरले आर्थिक सहयोग गरेका नेपालबाट यस कार्यमा आफ्नो विशेष भुमिका निर्वाह गर्नु भएका श्री विरेन्द्र महराले जानकारी दिएका छन। सो कार्यक्रममा सिरहाबाट मन्जु महरा सोनि महरा स्थानीय पत्रकार धर्मेन्द्र कुमार यादव बर्दिवास न. पा. -९ को वाडा अध्यक्ष टेक वीर रखाल स्थानीयवासी लगायतको उपस्थितमा सो रकम हस्तान्तरण गरेका थिए।

दहेज मुक्त अभियान, बाल शिक्षा अभियान, छुवाछुत मुक्त अभियान, महिला हिसा र सम्पुर्ण महरा जातीलाइ संगिठत गर्ने मुख्य उदेश्य लिइ यस रविदास समाज सेवा संस्थाको गठन भएको कुरा संस्थाका सदस्य बिरेन्द्र महराले जानकारी गराएका थिए।कार्यक्रममा बोल्दै विरेन्द्र महराले कतारमा रहनु भएका सम्पूर्ण महरा समुदायको साथीहरूहारुलाई यस संस्थामा आवद्ध हुन अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१