भगवानपुरमा लैङ्गिक समानता निति विषयक एक दिने अन्तरक्रिया

  • पुस २२, २०७७
  • १८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २२ , पौष । सिरहाको भगवानपुर गाउँपालिकामा गत पौष १५ गते वुधवार लैङ्गिक समानता नितिको आव्यश्यकता बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालकोको समन्वय र भगवानपुर गाउँपाकिलाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ओरेक नेपालका जिल्ला संयोजक शर्मिला निरौलाले जानकारी दिनुभयो । गाउँपालिकामा लैङ्गिक समानता निति निर्माणका साथै कार्यान्वयन गर्ने उदेश्यले कार्यक्रमको आयोजना भएको महिला पुनस्र्थापना केन्द्रका प्रतिनिधी नितु वछारले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले गाउँपालिकामा लैङ्गिक समानता निति कार्यान्वयन गर्न पछी नहट्ने प्रतिबद्धता गरेको छ । समाजमा महिला पुरुष तेस्रोलिङ्गी लगायतको बिभेद कायमै रहेकोले यि बिभेद अन्त्यगर्न आगामी दिनमा गाउँपालिकामा शसक्त अभियानको रुपमा लैजाने अध्यक्ष यादवले प्रतिबद्धता गरेको छ । विकासको पुर्वाधारको एक सुचक मध्ये लैङ्गिक समानता निति रहेको कारण समाजमा बिधमान जातिय विभेद , धार्मिक विभेद , महिला पुरुष आदि भेदभावका कारण विकास निर्माणको कार्यमा बाधा पुगिरहेको गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले बताउनुभएको छ । कार्यक्रमको सहजिकरण ओरेक नेपालका जिल्ला संयोजक शर्मिला निरौलाले गरेका थिए भने कार्यक्रममा वडा नम्बर – १ का वडा अध्यक्ष बद्रिनारायण यादव , वडा नम्बर – २ का वडा अध्यक्ष तेज नारायण चौधरी लगायत गाउँपाकिलाका उपाध्यक्ष सितादेवी यादव लगायत कार्यपाकिलाका सम्पुर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांशले लैङ्गिक समानताका लागी पाकिलामा निति आब्यश्यक रहेको निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१