Siraha Times
ताजा समाचार

नेपाल मानव अधिकार संगठनको ९ औं जिल्ला समेलन सम्पन्न

  • पुस २०, २०७७
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० - सिरहाको लहानमा नेपाल मानव अधिकार संगठनको ९" औं जिल्ला अधिबेशन सम्पन्न गरेको छ । २०४५" सालमा दर्ता भई कार्य संचालन आएका हुन ।तकालिन संस्थाको संस्थापक अध्यक्ष ऋषि कुश साह रहेको थियो । नेपाल मानव अधिकार राष्ट्रिय आयोग भन्दा करीब १२ बर्ष अगाडि दर्ता भई जेठो संस्थाको रूपमा चिनिएका छन् । लहान स्थित भएको जिल्ला अधिबेशन कार्यक्रम संगठनका केन्द्रिय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा संगठनका केन्द्रिय अध्यक्ष महामुनेश्वर आचार्य रहनु भएको थियो । अतिथिहरुमा दलित आयोगका पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेसका प्रभाव शालि नेताको रूपमा चिनिने गरेका छन् ।

जनता समाज बादी पार्टीका स्थानीय नेता दिनेश महतो , नेतृ ललिता दास, युवा नेता ललित महतो , राजा राम महतो , प्रमोद कुमार महतो लगायतका सयौं नेताहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा नयाँ कार्यसमिती समेत चयन गरेका हुन् । संगठनका प्रदेश नम्बर २ का प्रदेश प्रमुख शंकर प्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो । मानव अधिकार कर्मि रामान्द गुप्ता ,बिजय महतो ,मनिषा श्रेष्ठ ,संन्तोशि बिश्वकर्मा ,मन्जु चौधरी, पुनम चौधरी, मन्जु दास , प्रतिभा चौधरी,महेश कुमार महतो लगायतका अधिकार कर्मिहरुको उपस्थिति रहेको थियो। नयाँ कार्य समितिमा स्थानीय जनता समाज बादी पार्टीका लहान नगर समितिका उपाध्यक्ष चंन्द्रनारायण कुशवाहा लाई सर्ब सहमतिले चैन गरेका छन् । कुशवाहा लाई जिल्ला पदाअधिकारी तथा सभापतिको जिम्मेवारी नेपाल मानव अधिकार संगठनले एक कार्यक्रम बिच दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१