Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा सुरेश महरा बचाउ अभियान तथा शुभकामना अदान प्रदान सप्पन्न

  • पुस १८, २०७७
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा (कतार) रविदास समाज सेवा प्रवास कमिटी कतारद्वारा शुक्रबार सुरेश महरा र रामउदगार महरा बचाउ अभियान तथा शुभकामना अदान प्रदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन। दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वाडा न.-९ निवासी मृगौला पीडित सुरेश महरा तथा सिरहा गोलबजार नगरपालिका निपनिया निवासी एक पिडित रामउदगार महराको लागि रविदास समाज सेवा कतारको पहलमा संकलन भएको रकम १०८१कतरि रियाल तथा संस्थाबाट थप ६०० कतरी रियाल गरि १६८१ कतरि रियाल पठाउने निर्णय गरेको संस्थाका अध्यक्ष पाण्ड महराले बताउनु भयो। उनका अनुसार सो रकम ३/४ दिन भित्रमा पीडित समक्ष पुर्याउने अध्यक्ष महराले बताउनु भयो।सो कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुखद अवसरमा एक आपसमा मिठाइ खुवाई शुभकामना अदान प्रदान गरेका थिए। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको कार्यक्रममा रविदास समाज सेवा कतारका सल्लाहकार दिपेन्द्र कुमार महरा लालबाबु राम प्रमोद महरा सह संयोजक किर्ते महरा सचीव श्री नारायण राम सह सचिव रामउदगार राम लगाएत २५जना भन्दा बढिको उपस्थीति रहेको अध्यक्ष महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१