ताजा समाचार

मेयर कप टी २० क्रिकेट शुरु

  • पुस १७, २०७७
  • ११०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान बिहुल प्रिमियर लिंग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता बुधबार दखि शुरु भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिधारा, आत्म निर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ शुरु भएको खेलमा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले रीबन काटी खेलको उदघाटन गर्नु भएको थियो ।

उदघाटन खेल मौवाहा सप्तरी भरसेस सिरहाको कल्याणपुर बिच खेल भएको थियो । टस जितेर पहिलाो व्याटिंग रोजेको मौवाहा शुरुमा निकै नै कमजोर देखिएको थियो । बेल्हीको बलान स्टेडियममा शुरु भएको खेलमा जम्मा १६ वटा टिम सहभागी रहने बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख अतिथिमा खेल शुरुवात भएको थियो । शुरुवाती क्रममा बोल्दै गोईत भने खेलकुद एउटा समाजको प्रगति हो, खेलाडीहरुको प्रतिभा पहिचान गराउन एउटा छोटे प्रयास हो । यसै प्रयासबाट देशको पहिचान गराउन सकिन्छ, राष्ट्रको पहिचान गराउन सकिन्छ । खेलकुद युवाहरु माथी गर्व गर्ने कुरा पनि हो ।

 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤