Siraha Times
ताजा समाचार

जे.एस.मुरारका बहुमुखी क्याम्पसमा शिक्षण अभ्यास अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • पुस १६, २०७७
  • १७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार ,लहान १५ पुस । सिरहाको लहानमा अवस्थित जे.एस.मुरारका बहुमुखी क्याम्पसमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अथिति क्याम्पस प्रमुख तुलसीराम पोखरेल , विशिष्ट अथिति संजय कुमार चौधरी ,सजन कुमार कुमार साह, शिक्षण अभ्यास प्रमुख एवंम उप-प्रध्यापक गौरी नारायण चौधरी शिक्षा संकाय प्रमुख उप-प्रध्यापक काशीलाल चौधरी , + 2 संयोजक डा. रामनाथ यादव ,उप-प्रध्यापकहरु विनोद यादव ,ईश्वरदेव ठाकुर शिक्षण सहायक आन्नद चौहान,दिलिप चौधरी ,शशी कुमारी सिंह तथा वि.एड. चौथो वर्षका विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रममा बोल्दै पोखरेल जे. एस.मुरारका बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस मात्रै नभएर प्रदेश २ कै पहिलो क्याम्पस र छुट्टै नमुना , क्यु .ए.ए. सर्टिफाईड रहेको बताए ।पछि उप-प्रध्यापक ,सह प्रध्यापक अा- अाफनो मन्तव्य राखेका थिए। अभिमुखीकरण कार्यक्रममा सहभागी बिद्यार्थीलाई गम्छा अोढाई टीका लगाई शुभकामना दिनुका साथै शिक्षण अभ्यासमा जाने बिद्यार्थीलाई पहिलो ,दोस्रो , तेस्रो स्थान ल्याउनेलाई प्रमान- पत्र र पुरस्कार व्यवस्था गरिएको शिक्षण सहायक दिलिप चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१