गैर आवासिय नेपाली संघ कतार द्वारा थप ५ जना सहित ५५ जनालाई हवाई टिकट सहयोग

  • पुस १४, २०७७
  • ७७७ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम,दोहा कतार - हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका थप ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग सहयोग गरेका छन।कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा थप ५ जना नेपाली कामदारहरुलाई हवाई टिकट सहयोग गरेका छन।

पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार छैटौं चरणमा २५ डिसेम्बर २०२० का दिन अर्बिन्द कुमार बिराजि- धनुषा २७ डिसेम्बर २०२० का दिन अब्दुल करिम शेख- कपिलवस्तु , अब्दुल रहिम शेख- कपिलवस्तु , अख्तर हुसेन मुसलमान- रुपेन्देही र मुहमद सबिर- रुपेन्देही लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानाकारी गराए ।

उनका अनुसार हाल सम्म एनआरएनए कतारले कुल ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेशफिर्तीमा सहयोग गरेको जनाएको छ। उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य ज्युहरु प्रती उहाँले हार्दिक आभार प्रकट पनि गरेका छन।

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा मह ...

रहमुल लहान, २ चैत्र । सिरहाको नरहा गाउँपालिकामा पोषण सुधार तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यल ...

बलात्कारपछि हत्या भए ...

ओम प्रकाश यादव लहान लहान, २ चैत्र। सप्तरी र सुर्खेतमा भएका दुई फरक–फरक नाबालिका बलात्कार तथा ह ...

वैदेशिक रोजगारीमा रह ...

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१