ताजा समाचार

सबल नेपालको कार्य पारदर्शि र प्रभकारी रहेको जनप्रतिनिधिहरुको कथन

  • पुस १३, २०७७
  • १७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी १३, पौष । सबल नेपाल पुर्ण पारदर्शी संस्था रहको स्थानिय सरकारका जनप्रतिनिधीहरुले पुष्टी गरेका छन । सुरुङ्गा नगरपालिका मधुपटी सप्तरीका नगरप्रमुख मुक्तिनाथ चौधरीका अनुसार सबल नेपालले विगत वर्षौ देखी हाम्रो क्षेत्रमा कार्यरत रहेको भन्नुहुदै सबै कार्यक्रममा हुने खर्च र भएको खर्चहरु तत्काल सार्वजानिक गरी सामाजिक परिक्षण समेत नियमित रुपमा गरिरहेको वताउँनु भएको छ । वहाँ थप भन्नुहुन्छ – कार्यक्रम संचालनहुनु भन्दा अगावै तोकिएको खर्च सार्वजानिक गर्ने र टोल फ्रि नम्वरहरु समेत दिएर गुनासो तथा सल्लाह सुझाव दिनुहुन अनुरोध गरिरहेको वताउँनु भएको छ । यसैविच खडक नगरपालिकाका नगरप्रमुख हेमायु हकका अनुसार जिल्ला धेरै झोले संस्थाहरु छन, जस्को कुनै कार्यालय र बजेट पार्दशिता नभएको भन्दै देशभरीकै एकमात्र पुर्ण पार्दशिता रहेको संस्था सबल नेपाल भएको बताउँनु भएको छ । सबल नेपाल र सेभ चिल्ड्रेनको साझेदारीमा समुन्नति कार्यक्रम खडक र सुरुङ्गा नगरपालिकामा संचालन गरेको छ भने, विभिन्न दातृ निकायहरुको दर्जनौ परियोजनाहरु पुर्णपार्दशिताका साथ संचालन गरिरहेको स्थानियवासीहरुको भनाई रहेको छ ।

यसै विच सबल नेपालका कार्यकारी निर्देशक दिपक झाका अनुसार हामीले नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारको लक्ष्य प्राप्तीका लागि सेद द चिल्ड्रेन, एस. एन. भि. र हेल्भेटास लगायत विभिन्न दातृ निकायहरु संगको साझेदारीमा कार्यक्रमहरु समुदायमा संचालन गरिरहेका छौ हामीले प्रत्येक कार्यक्रममा सत्य तथ्य र खर्च विवरण पार्दशिता गछौ, गुनासो तथा सल्लाह सुझावका लागि अनुरोध गछौ र प्राप्त भएको सल्लाह सुझाव र गुनासोको प्रकृती अनुसार तोकिएको समय भित्र हाम्रो संस्थाका गुनासो सुनवाई संयन्त्रले गुनासो तथा सुझावहरु समाधान गरी गुनासो तथा सुझावकर्ता लाई जानकारी समेत गराउने गरेको बताउँनु भएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रम अन्र्तगत सबल नेपालको हरेक कार्यक्रम संचालन गर्दा वा कार्यक्रम तथा संस्थाको वारेमा गुनासो, तथा सल्लाह सुझावका लागि जारी गरेको टोल फ्रि नम्वरहरु प्रभावकारी भएको बताउँनु भएको छ ।

संस्थाले कार्यक्षेत्र भित्र दर्जनौ स्थानहरुमा टोल फ्रि नम्वर भएको होडिङ्ग बोर्ड जडान गरेका छन भने प्रत्येक कार्यक्रमहरुमा सबल नेपाल र सेभ द चिल्ड्रेनको टोल फ्रि नम्वरहरु सार्वजानिक गरी खर्च विवरण, कर्मचारी, कार्यक्रम तथा संस्था संग सम्बन्धित गुनासो तथा सल्लाह सुझावका लागि अनुरोध गरिरहेको वताउँनु भएको छ । सप्तरीको खडक नगरपालिकाको वडा नं.-८ मा संचालन भएको अधिकार संग सम्बन्धित वालवालिकाहरु केन्द्रीत छलफल वैठकका सहभागि प्रल्लाहाद चौधरीका अनुसार हामीले प्रत्येक कार्यक्रमहरु सबल नेपालको टोल फ्रि नम्वरहरु वारे जानकारी प्राप्त गर्दछौ । विगतका दिनहरुमा गुनासो गरेको अवस्था सन्तुष्टजनक समाधानपनी भएको अनुभव वताउँनु भएको छ । यसै विच दुवै नगरपालिकाको विभिन्न वडाहरुका विपन्न परिवारलाई भौचर मार्फत राहत वितरण कार्यक्रममा पनी प्रति परिवार ८हजार ६ सय २५ मुल्य बरावारको खाध्यान तथा सरसफाईका सामग्रीहरु पुर्णपारदर्शितका साथ वितरण गनुभएको मिल अफिसर अमित कुमार साहले बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤