सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी युवतीलाई आत्महत्या गर्न बाध्य पारेका पञ्च पक्राउ

  • पुस ८, २०७७
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शुभ नारायण यादव सप्तरी,०८ पुस । सप्तरीमा सामुहिक बलात्कारको घटनामा पीडितलाई आत्महत्या गर्न बाध्य पारेको घटनामा फरार रहेका एक मुख्य पञ्च पक्राउ परेका छन् । सामुहिक बलात्कारको घटनाबाट पीडित १७ वर्षीया बालिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा फरार रहेका मुख्य पञ्च शत्रुधन मण्डल पक्राउ परेका हुन् । पीडित परिवारलाई वयान परिवर्तन गर्न दवाव दिंदै गाउँघरमै बसेका आरोपितलाई राजविराज आएका बेला जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको हो। धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडितमाथि सामुहिक बलात्कार भएको जानकारी दिंदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चहरू ५० वर्षीय शत्रुधन मण्डलको घरमा पञ्चायत बसी पञ्चहरुले पीडित पक्षलाई धम्क्याउँदै उजुरी गर्न रोकेको र आरोपितहरूबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको पीडितकी आमाको आरोप छ।

प्रहरीले कारवाही अगाडि बढाएपछि आरोपित पञ्चहरुले उजुरी फिर्ता लिन र वयान परिवर्तन गर्न पीडितकी आमालाई दवाव दिंदै आएका छन्। सप्तरी जिल्ला अदालतले फरार रहेका मण्डलसहित नौ जना आरोपितलाई मङ्सिर २६ गते सात दिने पक्राउ पुर्जी जारी गरेको थियो। सात दिनभित्र पक्राउ भै नआएमा ३५ दिने पक्राउ पुर्जी तामेल गरी तदारुखताका साथ खोजतलाश गर्दै पक्राउ गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय कल्याणपुरलाई अदालतले पत्राचार गरेको थियो।

प्रहरी चौकी प्रवाहाका प्रहरीले गाउँघरमै रहेका आरोपितलाई पक्राउ नगरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी आरोपित राजविराज आएको खबर गरेपछि मण्डल राजविराज वडा न. ६ बाट पक्राउ परेका हुन्। पक्राउ परेका आरोपितलाई जिल्ला अदालतमा हाजिर गराइएको डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयाे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. ७ ललितपुरका १७ र १६ वर्षीय किशोरहरु, २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि भदौ ३० गते आत्महत्या गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा असोज १ गते उजुरी दिएकी थिइन्। प्रहरीले आत्महत्या दुरुत्साहनमा भदौ ३० गते शत्रुधन मण्डलका दाजु ६५ वर्षीय जयकान्त मण्डल , ६० वर्षीय बासुदेब मण्डल र ५० वर्षीय सत्यनारायण मण्डललाई तथा बलात्कारको आरोपमा दुई किशोरलाई असोज १ गते राति पक्राउ गरेको थियो। जिल्ला अदालतले १७ र १६ वर्षीय दुई आरोपितलाई असोज २७ गते पुर्पक्षका लागि बालसुधार गृह विरगञ्ज पठाउने आदेश गर्यो भने आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त, बासुदेव र सत्यनारायण जनही १ लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा गर्ने आदेश गरेका थिए ।

बलात्कारको आरोपमा अदालतले धर्मदेव र विष्णु मण्डल विरुद्ध तथा आत्महत्या दुरुत्साहनको आरोपमा शत्रुघ्न, उनका भाइ ४५ वर्षीय देबु मण्डल, ५५ वर्षीय झमेली मण्डल, ४५ वर्षीय उचितलाल मण्डल, ५५ वर्षीय रामजी भनिने बेचन मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र ४५ वर्षीय बंशराज मण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे थियाे ।पछिल्लोपटक सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा बलात्कारको घटनामा बृद्धि हुनुका साथे गाउमे घटनालाई दवाउने तथा पन्चहरुले मिलापत्र गर्ने प्रवृतिमा समेत बृद्धि भएको जानकारहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१