ताजा समाचार

भगवान् श्रीराम र सीताको पूजा आरधना गरी आज देशभर विवाहपञ्चमी मनाइँदै

  • पुस ४, २०७७
  • १७८४ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम: भगवान् श्रीराम र सीताको पूजा आरधना गरी आज देशभर विवाहपञ्चमी मनाइँदैछ । त्रेता युगमा आजकै तिथिमा राम र सीताको विवाह भएको सम्झनामा हिन्दू धर्मावलम्बीले हरेक वर्ष विवाह पञ्चमी मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज विधिपूर्वक राम–सीताको विवाह गर्दै विशेष उत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारी भाँचेपछि राम र सीताको विहे भएको मान्यता छ । विवाहपञ्चमी अन्तर्गत जनकपुरधाममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । यसवर्ष भने कोरोना महामारीका कारण विवाहपञ्चमी प्रभावित बनेको छ । अन्य वर्ष जस्तो आज चहलपहल छैन ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤