सबल नेपालद्धारा सिरहाको कर्जन्हामा एक दिने कार्यशाला सम्पन्न

  • पुस ३, २०७७
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३ , पौष । सिरहाको कर्जन्हा नगरपालिकामा विहिबार एक दिने प्रगति समिक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । खानेपानी तथा पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत सरोकारवालाहरुको बिचमा कार्यशाला सम्पन्न भएको सबल नेपालका जिल्ला संयोजक केशवराज पन्तले जानकारी दिनुभयो । कार्यक्रममा खानेपानी सरसफाईको बारेमा बिभिन्न बिधिहरु प्रयोग गरी समुदाय स्तरमा कार्यक्रमहरु संचालन गरोको बारेमा संयोजक पन्तले सलाईट प्रस्तुत गरी स्थानिय लगायत सरोकारवालाहरु लाई जानकारी गराएका थिए । खानेपानीको गुणस्तरिय जाँच , घरायसी तहमा पोषण प्रबद्धन , महिनावारी स्वच्छता व्यबस्थापन तथा प्रबर्दन लगायतका कृयाकलापमा संस्थाले समुदाय स्तरमा कार्यक्रमहरु संचालन गरेको समेत जानकारी गराएका थिए ।

डब्लुएचएचको आर्थिक सहयोगमा सन २०१८ देखी २०२१ सम्मका लागी सो कार्यक्रम सिरहा जिल्लाका तिन स्थानियतह कल्याणपुर नगरपालिका , सिरहा नगरपालिका र कर्जन्हा नगरपालिका संचालनमा रहेको सबल नेपालका लेखा अधिकृत मोनिका शर्माले बताए । उहाँले पोषण , खानेपानी सरसफाई लगायत बल्टीया प्रोजेक्ट कार्यक्षेत्रभित्र संचालमा रहेको बताएका थिए ।

No description available.

कार्यक्रममा नगरपालिकाका प्रमुख गंगा पासवान , उप– प्रमुख ज्ञानु कुमारी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत , जगदिश मण्डल , स्वास्थ्य शाखा अधिकृत कामेश्वर यादव , सामाजिक विकास अधिकृत अरुण साह , डब्लुएचएचका परियोजना संयोजक पदम लम्साल , प्राविधिक अफिसर कमल चापागाँई , एमएनईका निरज गिरी, नगरपालिका भित्रका बिभिन्न सहाकारी संस्थाका प्रतिनिधि , स्वयम् सेविका , स्कुलका शिक्षक प्रधानाध्यापक , स्वास्थ्यचौकिका ईन्चार्ज लगायतको सहभागिता रहेको थियो । कर्जन्हा नगरपाकिलाको समन्वमा संचालन भएको एक दिने कार्यशालामा बिभिन्न बक्ताहरुले कर्जन्हा नगरपालिकाका वडा नम्बर १ देखी ११ सम्म सबल नेपालले समुदायस्तरमा प्रभावकारी कार्यहरु संचालन गरेको बताए । नगरपालिकाले सबलनेपालले गरेका कार्यहरु प्रसंनिय रहेको बताएका थिए । यसैबिच आज सिरहाको मिर्चैयामा कल्याणपुर नगरपालिकाको एक दिने प्रगति समिक्षा तथा योजना कार्यशाला गोष्ठी हुने छ भने पर्सि सिरहा नगरपालिकामा उक्त कार्यशाला हुने आयोजक संस्था सबल नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१