तरकारी खेती मार्फत सप्तरीमा आत्मनिर्भर बन्दै लक्षित समुदाय

  • पुस २, २०७७
  • १४३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी २ , पौस । सप्तरी जिल्लाको खडक नगरपालिकाका अति – विपन्न अन्तर्गत पर्ने दलित समुदायहरु अहिले व्यबसायिक तरकारी खेती तर्फ आकर्षित भएको छ । भुमिहिन रहेपनी उनिहरु हाल सामुहिक तरकारी खेती गर्दै आईरहेको छ । लक्ष्मी कृषक समुह खडक नगरपालिका वडा नम्बर – ३ गरुराहा टोलका राम समुदायका महिलाहरु करिब ५ बर्ष देखी तरकारी खेती गरिरहेको समुह कि अध्यक्ष सोनाबत्ती रामले बताईन् । उनले भनिन - ‘समुहमा आबद्ध अधिकांस घरमुलीहरुको जग्गा जमिन केहि छैन , घर भएपनी खेती योग्य जग्गा छैन , कतिपय ऐलानी जग्गामा बसोबास गरिरहेको छ ।’ जग्गा जमिन नभएपनि प्रविधिक सहयोग लगायत जग्गाको भाडा संस्थाले तिरिदिएपछी हामी व्यबसायिक तरकारी खेती तर्फ आकर्षित भएको अध्यक्ष रामले बताईन् ।’ अर्की समुहकी एकजना सदस्य प्रमेश्वरी देवि रामले अहिले परिवारिक जिविकोपार्जन गर्न सहज भएको बताउनुभयो ,` पहिला परिवारिक गुजारा टार्न समस्या थियो हाल सहज भएको उनले भनिन् । सेभ द चिल्ड्रेन र सवल नेपालले उनिहरुलाई तरकारी खेती गर्न उत्प्रेरित गरेको हो । समुन्नती कार्यक्रम अन्तर्गत दुई बिग्हा दश धुर जग्गामा अहिले उनिहरु तरकारी खेती गरिरहेको छ । उनिहरु सन् २०१५ देखि नै सामुहिक तरकारी खेती गर्दै आईरहेको छ ।

समुहका सदस्यहरुलाई खेतीमा आकर्षित गर्न सुरुमा परियोजनाले सम्पुर्ण लगानी गरेको थियो। आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य अनुसार हाल केही लगानी संस्थाले मात्र गरेको परियोजनाका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताउनुभयो । कोरोना माहामारी भएको कारण यो बर्षको बार्षिक जग्गाभाडा परियोजनाले नै तिरिदिने संयोजक चौधरीले बताए । १६ जना महिला मात्र रहेको उक्त समुहले खेती गर्ने जग्गाको बार्षिक मुल्य १ हजार प्रतिकठ्ठा रहेको छ । हाल मलखाद्य , बिउबिजन लगायतको सहयोग संस्थाले गरीरहेको छ भने लेबर कस्ट , जोताई समुह आफैले व्यहोरिरहेको छ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको वडा नम्बर १,२,३,७,९ गरि ५ वटा समुह र खडक नगरपालिकाको वडा नमबर ३ को १ वटा गरी जिल्लामामा ६ वटा समुहमा सो कार्यक्रम संचालनमा रहेको सबल नेपालका कृषि प्राविधिक रामदयाल महतोले बताए । ६ वटा समुहको करिब १ सय एघार जना बिपन्न समुदायले रोजगार पाएको उनले प्राविधिक महतोको भनाई छ । समयमा मल खाद्य, बिउबिजन लगायत तालिमका लागि नगरपालिकामा पटक पटक योजना पेश गरेको छु तर नगरपालिकाले कुनै किसिमको चासो नदिएको हुँदा धैरै दुःख लागेको समुहमा आबद्ध सदस्यहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

अर्नमा गाउँपालिकाले ...

ओम प्रकाश यादव, लहान जेठ ३ । अर्नमा गाउँपालिका, सिरहाले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो ११औँ गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१